होमपेज > के तपाईं मंगलबार गणेश भगवानको ब्रत बस्नुहुन्छ? भुलेर पनि नगर्नुहोस् यी २० काम

के तपाईं मंगलबार गणेश भगवानको ब्रत बस्नुहुन्छ? भुलेर पनि नगर्नुहोस् यी २० काम

बिज्ञापन

साताको हरेक दिन फरक-फरक भगवानको ब्रत बस्ने चलन रहेको छ । हिन्दु धर्म अनुसार मंगलबारको दिन धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने गर्दछन् ।

मङ्गलबारको ब्रत सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि एकदमै उत्तम मानिन्छ । यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ ।

मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी ’ॐ भौमाय नमः’ ५ माला जप गर्नुपर्दछ । गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।

यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।

-धर्मशास्त्रका अनुसार मंगलबारको दिन यी काम गरेमा हानि हुने साथै जीवनमा समस्या बढ्न सक्छ 

-यी हुन् मंगलबार भुलेर पनि गर्न नहुने कामः

१- मंगलबारको दिन कपाल वा दारी काट्नु हुँदैन । यसो गर्नाले स्वास्थ्य बिग्रने भय रहन्छ ।

२- मंगलबारको दिन नङ काट्नु हुँदैन ।

३- मंगलबारको पैसाको लेनदेन गर्नु हानिकारक मानिन्छ । यसले धन हानि हुने संभावना रहन्छ ।

४- मंगलबार सकेसम्म घरमा हवन गर्नु हुँदैन । साथै हवन सामाग्री किन्नु पनि हुँदैन ।

५- यस दिन सौन्दर्य सामाग्री खरिद गर्नु हुँदैन । अन्यथा वैवाहिक सम्बन्धमा दरार आउन सक्छ ।

६- मंगलबार दूधका परीकार किन्नु, सेवन गर्नु वा दान गर्नु हुँदैन । भगवानलाई चढाउन भने हुन्छ ।

७- मंगलबार कालो रंगको कपडा धारण गर्नु हुँदैन । रातो रंगको कपडा लगाउनु उत्तम हुन्छ ।

८- यस दिन फलामका सामान खरीद गर्नु हुँदैन । यसलाई अशुभ मानिन्छ ।

९- मगंलवार ब्रत वस्ने वा दान गर्ने ब्यक्तिले गुलियो परीकार सेवन गर्नु हुँदैन ।

१०- हनुमानको व्रत बस्ने मानिसले दुबै छाक नुनको सेवन गर्नु हुँदैन ।

११- मंगलबार घरमा हनुमानको पुजा छ भने घर पूर्णतः शुद्ध राख्नुपर्छ । जुठो र फोहोर हुनुहुँदैन ।

१२- मंगलबारको दिन धारिलो बस्तुको खरिद गर्नु हुँदैन । जस्तो चक्कु, छुरी कैचीं ।

१३- मंगलबार भुलेर पनि आमासंग ठुलो स्वरमा कुरा गर्ने वा बहस गर्ने गर्नु हुँदैन ।

१४- मंगलबार पशु बलि दिनु हुँदैन । पशुवली दिएमा सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।

१५- मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्नु हुँदैन । अन्यथा मानिसको बुद्धी भ्रमित हुन्छ ।

१६- मंगलबारको दिन माछा खानु हुँदैन यसले आर्थिक नोक्सानी बनाउने गर्दछ ।

१७- मंगलबारको दिन मासुको पनि सेवन गर्नु हुँदैन । मंगलबार मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।

१८- यस दिन मदिरा सेवन गर्नु हुँदैन यसले क्रोध वृद्धि गर्ने र आपराधिक मानसिकता बनाउछ ।

१९- मंगलबारको दिन झगडा गर्नु हुँदैन । अन्यथा आफ्नै बेइज्जत हुने खतरा रहन्छ ।

२०- मंगलबार कसैसंग झुटो बोल्नु हुँदैन । यसले हानि निम्त्याउन सक्छ । बरु नबोल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म