काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनशिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टिमलाई २५ लाख पुरस्कार दिएको छ।
महानगरका मेयर वालेन्द्र साह बालेनले बुधबार राति नै खेलाडीहरुलाई पुरस्कार रकम हस्तान्तरण गरेका हुन् । बुधबार सम्पन्न फाइनल खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको थियो। नेपाल अहिलेसम्म १२ ओटा फाइनलमा पुगेको छ। तर एउटा पनि उपाधि जितेको छैन।
साफमा मात्रै नेपाल ६ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन।

