प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्।
भर्चुअल सम्मेलनमार्फत आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग र ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयका प्रमुखहरूलाई निर्देशन दिएका हुन्।
त्यसैगरी, प्रहरी गण तथा गुल्म, जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रहरी निरीक्षकको नेतृत्वमा सञ्चालन हुने अन्य प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत आवश्यक निर्देशन दिइएको थियो।
कार्यक्रममा नेपाल प्रहरीका विभिन्न विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। सम्मेलनमार्फत प्रहरी संगठनका विभिन्न कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस