२०८३, कार्तिक १२ गते

आजको सेयर कजार: नेप्से ३३ अंकले बढ्यो, कारोबार साढे ७ अर्ब नजिक

बुधवार , कार्तिक ११, २०८३

साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ। यस दिन नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा बन्द भएको छ। अघिल्लो दिन मंगलबार ५ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार कारोबार रकम बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।

यस दिन ३४८ वटा धितोपत्रका १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये २४१ वटाको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

बुधबार बेनी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेर प्रतिकित्ता ५३६ रुपैयाँ ७० पैसा पुगेको छ। त्यस्तै, बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले बढेर प्रतिकित्ता ७१८ रुपैयाँ ९० पैसा कायम भएको छ।

यता, प्राइम डिबेन्चर २०८८ को मूल्य सर्वाधिक २.९६ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २२२ रुपैयाँ ७० पैसामा झरेको छ। गरिमा समृद्धि योजनाको मूल्य पनि २.७५ प्रतिशतले घटेर प्रतिइकाइ ९ रुपैयाँ २१ पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता २५० रुपैयाँका दरले ३२ करोड ५० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा २.८८ प्रतिशतले बढेको छ।

त्यस्तै, घलेम्दी हाइड्रो दोस्रो स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३२६ रुपैयाँका दरले २८ करोड २६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये १२ वटामा वृद्धि भएको छ भने व्यापार समूहको परिसूचक घटेको छ। जलविद्युत समूहको परिसूचक सर्वाधिक २.०६ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images