२०८३, कार्तिक १८ गते

भारतीय विदेशसचिव मिश्री आज काठमाडौं आउँदै, प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी मुख्य एजेन्डा

बुधवार , कार्तिक १८, २०८३

भारतीय विदेशसचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै छन्। प्रधानमन्त्री वालेन्द्र शाहको आगामी भारत भ्रमणको तयारी र त्यसका एजेन्डाबारे छलफल गर्न उनी नेपाल आउन लागेका हुन्।

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा आउन लागेका मिश्रीले आजै आफ्ना नेपाली समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा प्रधानमन्त्री शाहको मंसिर ६ देखि ८ गतेसम्म हुने भनिएको भारत भ्रमणको तयारी, भ्रमणका एजेन्डा तथा दुई देशबीचका आपसी चासोका विषयमा छलफल हुने जनाइएको छ।

मिश्रीको भ्रमणको अघिल्लो दिन नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनले नेपालमा आफ्नो कार्यभार सम्हाल्न आएका हुन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images