नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) सम्बन्धी व्यवस्था पालना नगरेको भन्दै हिमालयन बैंक लिमिटेडलाई ४ लाख २६ हजार ८८४ रुपैयाँ ९९ पैसा जरिवाना गरेको छ।
राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार हिमालयन बैंकले २०८३ भदौ ३ गते एक दिनका लागि राष्ट्र बैंकमा राख्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम रकम कायम गर्न सकेको थिएन।
सोही कसुरमा राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा गरेको नियामकीय कारबाहीअन्तर्गत बैंकलाई जरिवाना गरेको हो।
अनिवार्य नगद मौज्दात बैंक तथा वित्तीय संस्थाले आफ्नो निक्षेप दायित्वको निश्चित अंश केन्द्रीय बैंकमा नगदका रूपमा राख्नुपर्ने व्यवस्था हो। यसले बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन र वित्तीय स्थायित्व कायम गर्न सहयोग गर्छ।
प्रतिक्रिया दिनुहोस