२०८३, कार्तिक १८ गते

आजको सेयर बजार: सामान्य अंक बढ्यो नेप्से, कतिको भयो कारोबार?

बुधवार , कार्तिक १८, २०८३

साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २ हजार ६६५.५३ विन्दुमा पुगेको हो।

नेप्सेमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने उल्लेख्य बढेको छ। मंगलबार ५ अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ७ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन ३५८ वटा धितोपत्रको २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको शेयर मूल्य बढेको छ भने १७१ वटाको घटेको छ। त्यस्तै, ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बुधबार नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कम्पनीको प्रतिकित्ता शेयर मूल्य ९२१ रुपैयाँ ७० पैसा पुगेको छ।त्यस्तै, हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ११.४८ प्रतिशतले बढेर प्रतिकित्ता ५३४ रुपैयाँ कायम भएको छ।

यता, सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य सर्वाधिक ६.३४ प्रतिशतले घटेको छ। उक्त डिबेञ्चरको मूल्य प्रतिकित्ता १ हजार २२७ रुपैयाँ ५० पैसामा झरेको छ। शिखर पावरको शेयर मूल्य पनि ३.७४ प्रतिशतले घटेर प्रतिकित्ता ५१५ रुपैयाँ कायम भएको छ।

कारोबार रकमका आधारमा बुधबार श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ३३३ रुपैयाँका दरले ८५ करोड ८४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा ८.६५ प्रतिशतले बढेको हो।

त्यस्तै, घोराही सिमेन्ट इण्डष्ट्रीको प्रतिकित्ता ४२० रुपैयाँका दरले ५१ करोड २४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

बुधबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको घटेको छ।

यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ६.१८ प्रतिशतले बढेको छ। बाँकी उपसमूहमध्ये नौ वटाको परिसूचक घटेर बन्द भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images