२०८३, कार्तिक १८ गते

कामना सेवाको २०औं वार्षिकोत्सवमा ४०४ जनाले गरे रक्तदान

बुधवार , कार्तिक १८, २०८३

कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामा आयोजना गरेको कार्यक्रममा कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ।

कार्यक्रमका अवसरमा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन्।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए।

बैंकका अनुसार रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंक तथा पश्चिम क्षेत्रका घोराही र महेन्द्रनगर शाखामा सञ्चालन गरिएको थियो।

यसैगरी, बैंकले २०औँ वार्षिकोत्सवकै अवसरमा अन्तरबैंक तथा वित्तीय संस्थास्तरीय छैटौँ फुटसल कप प्रतियोगितासमेत आयोजना गरेको थियो।उक्त प्रतियोगिताको पुरुषतर्फ कुमारी बैंक विजेता बनेको थियो भने महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेको थियो।

बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्व तथा खेलकुद प्रवर्द्धनसँग जोड्दै विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images