२०८३, कार्तिक १८ गते

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

बुधवार , कार्तिक १८, २०८३

अर्थमन्त्री स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–भारतबीचको आर्थिक सहकार्य तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो। भेटमा दुई देशबीच आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने र सहकार्यका सम्भावित क्षेत्रबारे विचार आदानप्रदान भएको जनाइएको छ।

भेटवार्तामा अर्थसचिव घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय तथा अर्थ मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images