२०८३, मंसिर ११ गते

images

सिद्धार्थ बैंक र भिसाबीच रणनीतिक सम्झौता, डिजिटल भुक्तानी सेवा विस्तार गरिने

बिहिवार , मंसिर १०, २०८३

सिद्धार्थ बैंक र विश्वव्यापी डिजिटल भुक्तानी सेवा प्रदायक संस्था भिसाबीच बैंकको भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवालाई थप सुदृढ बनाउने उद्देश्यले रणनीतिक सम्झौता भएको छ।

सम्झौताले बैंकका ग्राहकका लागि कार्ड सेवा तथा भुक्तानी स्वीकार्यताको दायरा विस्तार गर्नुका साथै नयाँ डिजिटल भुक्तानी सेवा विकास गर्ने आधार तयार गरेको छ। यस सहकार्यबाट ग्राहकलाई थप सहज, सुरक्षित र उत्कृष्ट भुक्तानी अनुभव प्रदान गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ।

सम्झौताबारे सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले यस सहकार्यले बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा योगदान पुर्‍याउने लक्ष्य रहेको बताए।

त्यस्तै, भिसाका नेपाल, भुटान तथा बंगलादेशका कन्ट्री म्यानेजर सब्बिर अहमदले नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको सहकार्य महत्त्वपूर्ण हुने बताए। उनका अनुसार यस सहकार्यले नेपालभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाउनेछ।

सम्झौताअन्तर्गत सिद्धार्थ बैंकले ग्राहकका लागि सुरक्षित, सहज तथा नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्नुका साथै थप आकर्षक सुविधा र विशेष अफरहरू ल्याउने योजना बनाएको छ। यस सहकार्यले नेपालको विस्तार हुँदै गएको कार्ड तथा डिजिटल भुक्तानी बजारमा सिद्धार्थ बैंकको उपस्थितिलाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images