२०८३, मंसिर ११ गते

images

प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम सातौँबाट एकैपटक तेस्रो स्थानमा

बिहिवार , मंसिर १०, २०८३

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै नयाँ मर्यादाक्रमबारे जानकारी गराएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरिएको हो।

१७ सदस्यीय मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका छन्। नयाँ मर्यादाक्रमअनुसार डा. स्वर्णिम वाग्ले दोस्रो, सोविता गौतम तेस्रो, शिशिर खनाल चौथो र विराजभक्त श्रेष्ठ पाँचौँ वरीयतामा रहेका छन्।

यसअघि सातौँ वरीयतामा रहेकी सोविता गौतम नयाँ मर्यादाक्रममा तेस्रो स्थानमा पुगेकी छन्। उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। डा. स्वर्णिम वाग्लेले अर्थ, शिशिर खनालले परराष्ट्र र विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, छैटौँ वरीयतामा सुधन गुरुङलाई गृह मन्त्रालय र सातौँ वरीयतामा सुनिल लम्साललाई पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। आठौँ वरीयतामा रहेका महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय सम्हालेका छन्।

नयाँ मर्यादाक्रमअनुसार सीता बादीलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

त्यसैगरी सस्मित पोखरेलले शिक्षा तथा खेलकुद, खडकराज पौडेलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनाले सूचना तथा सञ्चार र गीता चौधरीले कृषि, वन तथा पर्यावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसैगरी दीपककुमार साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी तोकिएको छ। प्रधानमन्त्रीको सिफारिसमा गरिएको उक्त हेरफेरसँगै मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम र मन्त्रालयगत जिम्मेवारी नयाँ व्यवस्थाअनुसार कायम भएको छ।

8-10_manataraparashhatha-marayathakarama-harafara_vajaniapata_img_0001_yZZtXv2XeO.webp

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images
images