होमपेज > नबिल बैंकको ‘निःशुल्क जलन उपचार शिविर’ : जीवनको नयाँ मोड

नबिल बैंकको ‘निःशुल्क जलन उपचार शिविर’ : जीवनको नयाँ मोड

जलनले रोकेको बाल्यकाल, उपचारले खोलिदिएको भविष्य

बिज्ञापन

बझाङको छबिसपाथिभेरामा जन्मिएकी सीता मण्डेलको जीवन जन्मिएको केवल छ महिनामै दुर्घटनाले बदलियो । जलनको घटनाले उनको बायाँ हातका औँलाहरू सधैंका लागि खोसिदियो । सीता आफ्नो बाल्यकालका खेलमैदान, साथीहरूको हाँसो, कक्षाकोठाको चहलपहल सम्झिन्छिन् । यी स्मृतिहरूमा एउटा नमेटिने दृश्य पनि छ– उनी प्रायः खेल्नेभन्दा हेर्नेमा हुन्थिन् । साथीहरूले दुवै हातले खेल्थे, दौडिन्थे, कापी समातेर लेख्थे, तर उनी मनभित्र एउटै प्रश्न बोकेर बसिरहन्थिन्, ‘यदि मेरो हात पनि ठीक हुन्थ्यो भने…?’

साधारण देखिने कामहरू उनका लागि असाधारण चुनौती थिए । मिठो खाने कुरा मन लाग्दा पनि आफैं खान नसक्ने क्षणहरूले बारम्बार बाल्यकाल चिमोटिरह्यो । यही संघर्षबीच एउटा सपना चुपचाप हुर्किरहेको थियो, भबिष्यमा शिक्षक बन्ने ।

पीडाभन्दा बलियो शिक्षक बन्ने सपना
२३ वर्षीया सीता धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा नेपाली विषय अध्ययन गर्दैछिन् । बाल्यकालको पीडा र चुनौतीहरूले उनलाई रोक्न सकेनन् । पहिलेभन्दा थप बलियो भएर शिक्षक बन्ने सपना अझै जीवित छ । आफ्नै अनुभव र शिक्षा मार्फत अरूलाई मार्गदर्शन गर्न र बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्न उनी चाहन्छिन् ।

जीवन बदल्ने नबिल बैंक को ‘निःशुल्क जलन उपचार शिविर’
सुदूरपश्चिममा आयोजित नबिल बैंकको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सीता मण्डेलको जीवनमा आशाको किरण बनेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भएको शिविरले उनलाई काठमाडौंसम्मको यात्रा गरायो ।

हाल उनी काठमाडौंको साँखुमा सञ्चालित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन् । यहाँ उनको बुढी औँला खोल्न शल्यक्रिया सम्पन्न भइसकेको छ । यस शल्यक्रियाले उनको दैनिकीलाई सहज बनाउनेछ । अस्पतालको शैय्याबाट मुस्कुराउँदै सीता भन्छिन्, ‘अब जीवन फेरि सुरु भएको जस्तो लाग्छ । हातका औलाहरु चले मेरो दैनिकी सहज हुनेछ । म मेरा कामहरु र मेरो शिक्षक बन्ने सपना पुरा गर्नेछु ।’

उनको उपचारका लागि परिवारले पनि प्रयास गर्‍यो तर महँगो उपचार, पहुँचको अभाव र कमजोर आर्थिक अवस्थाका कारण उनको उपचार संभव हुन सकेको थिएन । उपचार सम्भव छ भन्ने आशा बिस्तारै टाढिँदै गइरहेको थियो । उपचाररत सीता ’यो सहयोगका लागि नबिल बैंकलाई धेरै धेरै धन्यवाद’ भन्दै अस्पतालको वेडबाट पुराना दिनहरु सम्झिन्छिन् ।

बुढी औँलाको महत्वः हातको आधा शक्ति
सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा बर्न सर्जन डा. राजु भण्डारीका अनुसार बुढी औँलाले हातको कार्यक्षमताको ४०-५० प्रतिशत भूमिका खेल्छ । लेख्ने, समात्ने, सिकाउनेलगायतका प्रायः सबै काम यही औँलाबाट सम्भव हुन्छ । शल्यक्रियाले सीताको जीवनमा नयाँ सम्भावनाको ढोका खोलेको छ । सीता आफैं जलन पीडित हुन्, तर उनको अनुभवले उनलाई अझ ठूलो उद्देश्य दिएको छ ।

सीता मुस्कुराउँदै भन्छिन्, ’शिक्षक भएर म पाठ्यक्रम मात्रै पढाउने छैन्, बालबालिका माझ समाजमा जलन र उपचारसम्बन्धी जानकारी पनि पुर्‍याउने छु । म पढेर शिक्षक बन्नेछु र बालबालिकालाई सिकाउनेछु – जलनबाट बच्ने र जलनमा परे के गर्ने भनेर ।’

उनको शिक्षक बन्ने सपना अब केवल व्यक्तिगत लक्ष्यमात्र नभइ समाजसँग सम्बन्धित उद्देश्य बनेको छ । उनको चाहना छ, आफ्नो अनुभवले अरूलाई सहयोग र मार्गदर्शन गरोस् ।

कर्णालीमा पनि नबिल निःशुल्क जलन उपचार शिविर
सुदूरपश्चिममा फागुन १२–१४ गते सञ्चालन भएको तीनदिने शिविरमा ६५ जलन पीडितले निःशुल्क उपचार पाए । २० जनाको शल्यक्रिया धनगढीमै सम्पन्न भयो भने १८ जटिल बिरामीलाई काठमाडौं रिफर गरियो । नबिल बैंकका सिइओ मनोजकुमार ज्ञवालीका अनुसार अभियान दुर्गम क्षेत्रमा उपचार नपाइरहेका जलन पीडितलाई लक्षित गर्दै गरिएको हो । यो अभियान चैत्र २७ देखि २९ गतेसम्म कर्णाली प्रदेश केन्द्रित प्रदेश अस्पताल सुर्खेतमा पनि सञ्चालन भइरहेको छ ।

बाल्यकालमा अरूले खेल्दा हेर्ने सीता अब कक्षाकोठामा उभिने तयारीमा छिन् । हातमा हाजिरी रजिस्टर समातेर उनी विद्यार्थीहरूलाई पढाउने छिन् । नबिल बैंकको ‘नबिल निःशुल्क जलन उपचार शिविर’पछि फिरदै आएको उनको जीवनको सबैभन्दा महत्वपूर्ण पाठ हो, ‘आशा र सपना कहिल्यै जल्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म