होमपेज > आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

आक्रमणमा परेर आठ प्रहरीको मृत्यु

बिज्ञापन

मध्य भारतको छत्तीसगढ राज्यमा नक्सलवादीद्वारा राखिएको इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आईईडी) विस्फोट हुदाँ आठ प्रहरी र एक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

छत्तीसगढको राजधानी सहर रायपुरबाट करिब ४४२ किलोमिटर दक्षिणमा रहेको बीजापुर जिल्लाको बेद्रे–कुत्रु रोडमा आक्रमण भएको हो। प्रहरीका अनुसार जिल्ला रिजर्भ गार्डका प्रहरी नक्सल विरोधी अभियानबाट फर्कदै गर्दा उनीहरुमाथि आक्रमण भएको हो।

टेलिभिजन फुटेजले घटनास्थलमा ठूलो क्रेटर र क्षतिग्रस्त गाडीका टुक्राहरू वरिपरि छरिएका देखाएको छ। रायपुरबाट करिब १९२ किलोमिटर दक्षिणमा रहेको नारायणपुर जिल्लाको अबुझमद जङ्गल क्षेत्रमा पाँच नक्सलवादी र एक प्रहरीको भिडन्तमा मृत्यु भएको एक दिनपछि यो आक्रमण भएको हो।

छत्तीसगढका उपमुख्यमन्त्री अरुण साओले प्रहरीको बलिदान खेर नजाने बताउनुभयो। “सुरक्षा बलहरू नक्सलहरूलाई भित्र भित्रैबाट हटाउन काम गरिरहेका छन्। नक्सलहरूले निराशामा यो आक्रमण गरेका छन्। प्रहरीहरूको यो बलिदान व्यर्थ जानेछैन,” साओले मिडियालाई बताउनुभयो।

हाल भारतको मध्य र पूर्वी भागहरूमा नक्सलहरू सक्रिय छन्। नयाँ दिल्लीले आफ्ना अर्धसैनिक बलका धेरै कम्पनीहरूलाई आफ्नो गढमा नक्सलहरूलाई लड्न खटाएको छ। विद्रोहले सयौंको ज्यान लिनुका साथै हजारौं बासिन्दाहरूलाई घरबारविहीन बनाएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन