होमपेज > कपाल झर्न रोक्ने यी हुन् ५ घरेलु उपाय

कपाल झर्न रोक्ने यी हुन् ५ घरेलु उपाय

बिज्ञापन

लामो र बाक्लो कपाल सबैलाई मन पर्छ । तर, विभिन्न व्यस्त जिवनशैलीका कारण हामिले कपालको स्याहार गर्न सकिरहेका हुदैनाै। मानिसहरु आफ्नो कपाल सुन्दर बनाउन धेरै प्रयास गर्छन् । तर पनि कपाल झर्ने क्रम जारीनै छ ।

कपाल झर्नु सामान्य समस्या हो । तर कपाल लगातार झर्छ भने यो ठूलो समस्या हुन जान्छ । यस्तो अवस्थामा यदि तपाईंको कपाल लगातार झर्न थालेको छ भने अब तपाईलाई चिन्ता लिनु पर्दैन । किनभने यी विभिन्न उपायको मद्दतले कपाल झर्ने समस्या कम गर्न सकिन्छ ।

-कपाल झर्न कम गर्ने उपाय:

१-ताजा नीम पातको प्रयोग

नीमको ताजा पातलाई भाँडोमा हालेर त्यसमा अलिकति पानी हालेर ग्यासमा उमाल्न सक्नुहुन्छ । पानी आधा घटेपछि यो पानीले कपाल धुन सकिन्छ । यो पानीमा स्याम्पु हालेर पनि कपाल धुन सकिन्छ । यसले कपाललाई बलियो बनाउँछ र कपाल झर्न पनि कम गर्छ।

२-मेथी बीउको प्रयोग

मेथीको दाना प्रयोग गरेर कपाल बलियो बनाउन सकिन्छ । मेथी दाना कपालको लागि वरदान भन्दा कम छैन। यति मात्र होइन, मेथीको दानाले कपाललाई चमक दिन्छ। यस्तो अवस्थामा मेथीको दानालाई रातभर पानीमा भिजाउनुहोस् । यसलाई पिसेर भोलिपल्ट बिहान पेस्ट बनाउनुहोस् । यो पेस्ट कपालमा लगाउनुहोस् र आधा घण्टा पछि कपाल धुनुहोस्।

३-अण्डाको प्रयोग

यदि तपाईं कपाल झर्न रोक्न चाहनुहुन्छ भने, अण्डा तपाईंको लागि उत्तम विकल्प हुन सक्छ। तपाईं अण्डा प्रयोग गरेर आफ्नो कपाल बलियो बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले एउटा अण्डालाई कपालमा लगाउनु पर्छ।  आधा घण्टा पछि कपाल धुन सक्नुहुन्छ ।

४-प्याजको रस

प्याजको रसले कपालको वृद्धिका लागि अतिरिक्त सल्फर प्रदान गर्छ । जसले कपाल झर्न रोक्ने काम गर्छ । आधा प्याजको रस निकाल्ने र कपालको जरामा लगाएको ३० देखि ६० मिनेटमा पखाल्ने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।

५-नरिवलको तेल

नरिवलको तेल कपालको वृद्धि विकासमा निकै फाइदाजनक हुन्छ । हप्तामा दुई पटक नरिवलको तेलले मालिस गर्ने गर्नुपर्छ जसले कपाल मजबुत बनाउँछ ।

तपाईंले आफ्नो आहारमा प्रोटिन, भिटामिन, आइरन, मिनरल्स जस्ता स्वस्थ खानाहरू समावेश गर्नुपर्छ र दिनभर कम्तीमा ८ देखि १० गिलास पानी पिउनुपर्छ । यति मात्र होइन, कपाल झर्नबाट जोगाउनको लागि पर्याप्त निद्रा पनि अति आवश्यक छ। यसले तपाईको कपाल बलियो बनाउँछ। यी सबै चीजहरू प्रयोग गरेर तपाईं आफ्नो कपाल झर्ने कम गर्न सक्नुहुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  2. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  3. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  4. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  5. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  6. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  7. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  8. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  9. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  10. १० नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  11. ११ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  12. १२ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  13. १३ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  14. १४ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  15. १५ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै