होमपेज > काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा कर्फ्यु आदेश

बिज्ञापन

सोमबार काठमाडौंमा भएको गोलीकाण्डपछि पनि सडकमा उत्रिएका युवाहरूको प्रदर्शन नरोकिएपछि स्थानीय प्रशासनले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालयहरूबाट जारी गरिएको आदेशअनुसार, अर्को सूचना नआएसम्म कर्फ्यु जारी रहनेछ। आदेशअनुसार, तोकिएका क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, सभा, बैठक वा कुनै पनि किसिमका प्रदर्शन गर्न पाइने छैन।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशमा भनिएको छ कि बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु र कलंकीलगायत रिंगरोडभित्रको क्षेत्रलाई चार किल्ला तोकी पूर्णरूपमा निषेध गरिएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले राति १२ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेका छन्। भैंसेपाटी, एकान्तकुना, सानेपा, बल्खु, मनोहरा खोला आसपासका क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले जडिबुटी, राधेराधे, बालकोट, निकोसेरा र पेप्सीकोला क्षेत्रलाई लक्षित गरी मंगलबार बिहान साढे ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेका छन्।

सोमबार राजधानीको बानेश्वर क्षेत्रमा भएको प्रदर्शन उग्र बनेपछि गोली चल्दा १९ जनाको ज्यान गएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए। त्यसपछिका दिनहरूमा समेत प्रदर्शन जारी रहेकाले जनजीवन प्रभावित भएको छ। प्रशासनले शान्ति सुरक्षाको अवस्था जटिल बन्दै गएकाले जनसाधारणलाई तोकिएको क्षेत्रमा नजान, सुरक्षाकर्मीलाई सहयोग गर्न र अफवाहमा नपर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म