होमपेज > जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने

जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई चौधरी ग्रुपले रोजगारी दिने

बिज्ञापन

जेनजी आन्दोलनमा ज्यान गुमाएका हरेक परिवारका एकजनालाई रोजगारी दिने चौधरी ग्रुपले निर्णय गरेको छ। ग्रुपका व्यवस्थापकीय निर्देशक निर्वाण चौधरीले आन्दोलनका प्रत्येक शहीद परिवारका एक-एक सदस्यलाई रोजगारी दिने घोषणा गरेका हुन् ।

चौधरीले यसका लागि शहीद परिवारहरूसँग सम्पर्कको प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। ‘जेन–जी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ,’ उनले भने, ‘यो केवल हाम्रो वाचा मात्र होइन, गहिरो कर्तव्य र श्रद्धा हो।’

चौधरी ग्रुपले नेपालको पुनर्निर्माण, सहानुभूति र सम्मानका साथ उज्वल भविष्य निर्माण गर्ने उद्देश्यका साथ उक्त निर्णय लिएको जनाएको छ। समूहले शहीद परिवारलाई नजिकबाट सहयोग पुर्‍याउने र रोजगारमार्फत उनीहरूको जीवनमा स्थायित्व ल्याउने लक्ष्य राखेको बताइएको छ।

सम्पर्कका लागि ग्रुपले आफ्ना कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख मधुसूदन पौड्यालसँग ९८५१२२४००० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।

उनले लेखेका छन्- Gen Z आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ।

उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ। यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ— Gen Z आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ। यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ । हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  2. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  3. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  4. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  5. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  6. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  7. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  8. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  9. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  10. १० नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  11. ११ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  12. १२ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  13. १३ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  14. १४ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  15. १५ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै