होमपेज > थाहा पाउनुहोस् ! बिहानै पानी पिउनुका आश्चर्यजनक फाइदाहरू

थाहा पाउनुहोस् ! बिहानै पानी पिउनुका आश्चर्यजनक फाइदाहरू

बिज्ञापन

बिहान खाली पेटमा पानी पिउने गरेमा शरीरमा भएका विकार पदार्थ बाहिर निकाल्न र ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । त्यसैले चिकित्सकहरुले पनि स्वस्थ बन्न धेरै पानी पिउन सल्लाह दिने गरेका छन् ।

त्यसमा पनि बिहान खाली पेटमा पानी पिउने गरेमा त्यसले धेरै फाईदा गर्छ ।  अधिकांश रोग पेटमा नै उत्पन्न हुने भएकाले त्यसको निधानका लागि धेरै पानी पिउन डाक्टरले सल्लाह दिन्छन् । पेट सफा भए धेरै रोग नलाग्ने र पेट सफा गर्न धेरै पानी पिउनुपर्ने पेट रोग विशेषज्ञहरु बताउँछन् ।

बिहान खाली पेट मनतातो पानी सबैभन्दा उपर्युक्त हुन्छ । तर पानी पिउने भन्दैमा धेरै चिसो पानी पिएमा स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने भएकाले सचेत हुन आवश्यक छ ।

 -बिहानै पानी पिउनुका फाइदा:

१-आन्द्राको सफाइ

खाली पेट प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जाने र पेट सफा हुन्छ । जसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईंलाई बिहानै दिसा पिसाव लाग्दैन भने बिहानै दुई गिलास मन तातो पानी पिएमा शौच आउछ ।

२-विकार फालिदिन्छ

तपाई बाथरुम जाँदा शरीरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरीरबाट फाल्न सहयोग पुग्छ ।

३-भोक तथा निन्द्रा जगाउँछ

भोक नलाग्ने समस्या भएकाका लागि पनि नियमित पानी पिउनु लाभदायी हुन्छ । बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ । त्यस्तै यसले निन्द्रा पिन लगाउँछ ।

४-टाउको दुख्ने समस्या हट्छ

बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षणनै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्नेवित्तिकै पानी पिएमा यो समस्या समाधान हुनेछ ।

५-उर्जा बढाउछ

यदि तपाईलाई अल्छि लागेको छ भने एक पानी गिलास पिउनुहोस । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुयाउछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरीरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

६-छालामा चमक ल्याउछ

खाली पेट प्रशस्त पानी खादा अनुहारको चमक बढाउछ । शरीरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यतिनै तपाईको अनुहारको छाला नराम्रो बनाउछ। तर प्रशस्त पानी खाँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

७-रोग प्रतिरोधात्मक क्षमता बृद्धि

समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरीरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुदैन । दिनहुँ खाली पेटमा पानी खाँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ ।

८-कोलोनको सफाइ

पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट खाँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरीरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुर्‍याउँछ ।

९-मेटाबोलिजमलाई तीब्र पार्छ

डाइटिङ गर्दा पनि खाली पेटमा पानी पिउनु उपयुक्त हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म