होमपेज > निजी विद्यालयलाई निषेध गरेर जान सकिदैन, कडाइका साथ रेगुलेसन गर्नुपर्छ: शिक्षामन्त्री

निजी विद्यालयलाई निषेध गरेर जान सकिदैन, कडाइका साथ रेगुलेसन गर्नुपर्छ: शिक्षामन्त्री

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताएका छन् ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पन्तले भने, ‘प्राइभेटलाई निषेध गरेर जान सकिदैन कडाइका साथ रेगुलेसन गर्नुपर्छ । गुठीमा जानेलाई प्रेरित गर्नुपर्छ ।’ मन्त्री पन्तले शिक्षक महासंघसँग २७ बुँदे सहमति भएको तर केही बुँदामा फरक धारणा रहेको बताए । ‘शिक्षक महासँग वार्ता गर्‍यौं । ६ पटक बैठक बस्यो । सहमति २७ बुँदा नै हो । २७ बुँदामा फरक-फरक छ’, उनले भने ।

त्यसपछि सभापति अम्मरबहादुर थापाले सरकार तयार भएर नआएको बताए । सभापति थापाले मन्त्रालयको प्रतिवेदन मागे । ‘अध्ययनको प्रतिवेदन आएन । मन्त्रालय अहिले पनि तयार भएन । पश्चगमनमा जाने विषय हुँदैन’, सभापति थापाले भने । समितिले गत जेठ ११ गते ईसीडी, निजी र शिक्षक महासंघसँग भएको सहमतिको धारणा माग गरेपछि मन्त्री पन्तले सरोकारवालासँग छलफल गर्न समय मागेका थिए । अहिले समितिको बैठक बसिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  2. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  3. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  4. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  5. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  6. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  7. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  8. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  9. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  10. १० नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  11. ११ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  12. १२ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  13. १३ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  14. १४ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  15. १५ १३ राजदूतका लागि ३ हजार आवेदन