होमपेज > नेप्से परिसूचकमा निरन्तर गिरावट

नेप्से परिसूचकमा निरन्तर गिरावट

बिज्ञापन

यो सातामा कारोबारको दोस्रो दिन पनि पुँजीबजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आइतबार ७९ दशमलव ८८ अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज एक सय ११ दशमलव ९६ अङ्कले घटेर दुई हजार सात सय ८२ दशमलव ६० को बिन्दुमा कायम भएको छ ।

आज नेप्से परिसूचक तीन दशमलव ८६ प्रतिशतले घटेको हो । आज तीन सय ३० कम्पनीको चार करोड ३८ लाख ६८ हजार नौ सय ७० कित्ता शेयर दुई लाख ३४ हजार तीन सय ६० पटक खरिदबिक्री हुँदा रु १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । होटल तथा पर्यटन समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै बैंकिङ चार दशमलव ९२, विकास बैंक चार दशमलव १८, वित्त चार दशमलव ६९ र लगानी समूह चार दशमलव १३ प्रतिशतले घटेको छ ।

त्यस्तै, जलविद्युत् तीन दशमलव ९६, जीवन बीमा तीन दशमलव ६५, उत्पादन तथा प्रशोधन दुई दशमलव ९३, लघुवित्त दुई दशमलव ९६, म्युचुअल फन्ड एक दशमलव ०९, निर्जीवन बीमा दुई दशमलव ४५, व्यापार दुई दशमलव १६ र अन्य समूह तीन दशमलव ८५ प्रतिशतले घटेको छ ।

तारागाउँ रिजेन्सी होटल लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड र दोल्ति पावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु ६५ करोड ४२ लाख नौ हजार पाँच सय ८२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने अपि पावर कम्पनी लिमिटेडको १४ लाख ५९ हजार चार सय ५० बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म