पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपैयाँ धरौटी मागेको छ। त्यस्तै, पूर्वनिर्देशक मुरारी भण्डारीलाई भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्ने आदेश दिएको छ।
विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले मंगलबार थुनछेक बहस सम्पन्न गर्दै दुवैजनालाई धरौटीसहित रिहा गर्ने आदेश दिएको हो।
यसअघिको नलिनचोक हेलिपोर्ट भ्रष्टाचार मुद्दामा भने अदालतले महानिर्देशक अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। सो मुद्दामै पूर्वनिर्देशक भण्डारीलाई ५ लाख धरौटीमा रिहा गरिएको थियो।

