होमपेज > पोखरा आज देशकै प्रदूषित सहर

पोखरा आज देशकै प्रदूषित सहर

बिज्ञापन

पोखरा आज देशकै प्रदूषित सहर बनेको छ। वातावरण विभागका अनुसार यो समाचार तयार पार्दासम्म पोखरा गण्डकी बोर्डिङ क्षेत्रको प्रदूषण १८७ एक्यूआई छ।

५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ। त्यस्तै चितवनको भरतपुर दोस्रो नम्बरमा छ। नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, वातावरण विभागअन्तर्गत वायु गुणस्तर निगरानीका अनुसार भरतकपुरको १७० एक्यूआई छ। भैंसेपाटी १५४ एक्यूआईसहति तेस्रो स्थानमा हुँदा रत्नपार्क क्षेत्रको वायु प्रदूषण १५१ एक्यूआई छ। वातावरण विभागका अनुसार खुमल्टार, शंखपार्क, भक्तपुर र धुलिखेल क्षेत्र पनि आज सर्वाधिक प्रदूषित सहरमा छन्।

हिजो २०८ भन्दा बढी एक्यूआईसहित शंखपार्क देशकै प्रदूषित स्थान बनेको थियो। वातावरण विभागका अनुसार ०-५० एक्यूआईसम्मको सूचकांकमात्रै राम्रो मानिन्छ। ५१-१०० मध्यम, १०१-१५० हुँदा अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ। ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ।

विश्वभरको वायु प्रदूषण निगरानी गर्दै आइरहेको आईक्यू एअरका अनुसार काठमाडौं पनि विश्वकै सातौं प्रदूषित सहर बनेको छ। विश्वभरको तुलनामा १६१ एक्यूआईसहित काठमाडौं सातौं प्रदूषित सहर बनेको हो। आईक्यू एअरका अनुसार भियतनामको हानोई २१३ अंकसहित प्रदूषित सहरको पहिलो नम्बरमा छ । छिमेकी राष्ट्र चीनको वुहान १६३ अंकसहित छैठौं स्थानमा रहँदा भारतको दिल्ली १६० अंकसहित आठौं स्थानमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म