होमपेज > फोनपे र साझेदार बैंकहरूद्वारा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ क्यासब्याक योजना सुरु

फोनपे र साझेदार बैंकहरूद्वारा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूमाझ क्यासब्याक योजना सुरु

बिज्ञापन

फोनपेले आफ्ना साझेदार बैंकहरू सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंक सँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ।

यस अन्तर्गत नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५०% सम्म, अधिकतम रु. ५०० क्यासब्याक प्राप्त गर्नेछन्। यो अभियान भदौ ११, २०८२ देखि सुरु हुने कम्पनीले जनाएको छ । जसको उद्देश्य थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्डमार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु हो।

गत वर्षको सुरुवातदेखि नै फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल नवप्रवर्तनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको छ। केवल एक वर्षभित्रै यस कार्डको प्रयोगकर्ता संख्या १२,००० नाघिसकेको छ, जसले उपभोक्ताहरूको विश्वास र अपनत्वलाई स्पष्ट गर्छ। साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट वा पर्खाइ समयलाई समाप्त गरिदिन्छ, जसले प्रयोगकर्तालाई तुरुन्त कारोबार गर्न सक्षम बनाउँछ।

कम्पनीका अनुसार कार्ड सक्रिय गरेपछि ग्राहकहरूले नेपालभरका १७ लाखभन्दा बढी फोनपे QR व्यापारीहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालको सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ।

अभियानबारे कुरा गर्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत (CEO) दिवास कुमारले भने, “म प्रायः सोच्ने गर्छु, विकसित राष्ट्रहरूमा क्रेडिट कार्ड प्रयोग गर्नु सास फेर्ने जत्तिकै सामान्य भइसकेको छ। हरेक नागरिकले आफ्नो दैनिकीमा यी उपकरणलाई सहजै प्रयोग गर्छन्। फोनपे क्रेडिट कार्डमार्फत हाम्रो दृष्टिकोण भनेको हरेक नेपाली नागरिकलाई पनि त्यस्तै आधुनिक वित्तीय उपकरण र भुक्तानीको सुविधा उपलब्ध गराउनु हो। यो क्यासब्याक अभियानले केवल पहुँच दिने मात्र होइन, तर यी वित्तीय उपकरणलाई वास्तवमै लाभदायक र पुरस्कृत बनाउने हाम्रो प्रतिबद्धता झल्काउँछ। जब हामीले यस्ता स्मार्ट वित्तीय उत्पादनलाई सजिलो र आकर्षक बनाउँछौं, हामी नेपालमा अझ बलियो र समावेशी डिजिटल अर्थतन्त्र निर्माणतर्फ योगदान दिन्छौं।”

यस अभियानमार्फत फोनपेले फेरि एकपटक सबैका लागि भुक्तानीलाई स्मार्ट, सजिलो र सुरक्षित बनाउन आफ्नो प्रतिबद्धता देखाएको छ। परम्परागत क्रेडिट कार्डका फाइदा र डिजिटल भुक्तानीको गति तथा सजिलोपनलाई जोडेर, फोनपे क्रेडिट कार्डले नेपालको वित्तीय प्रणालीमा नयाँ स्तर स्थापना गरेको छ।

फोनपे बारेमा :

फोनपे एक भुक्तानी प्रणाली सञ्चालक (Payment System Operator) हो, जसले अन्तर–बैंक व्यक्ति–देखि–व्यक्ति (P2P) र व्यक्ति–देखि–व्यापारी (P2M) कारोबारलाई आफ्नो इन्टरओपरेबल नेटवर्क र मोबाइल प्लेटफर्ममार्फत सजिलो बनाउँछ। नेपाल राष्ट्र बैंक (NRB) द्वारा नियमन गरिएको फोनपे, नेपालमा भुक्तानी प्रणाली सञ्चालक (PSO) को इजाजतपत्र पाउने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो।

फोनपे क्रेडिट कार्ड बारेमा :

फोनपे क्रेडिट कार्ड एक पूर्णतया डिजिटल सुविधा हो, जसले प्रयोगकर्तालाई देशभरका कुनै पनि फोनपे QR व्यापारीमा स्क्यान गरी भुक्तानी गर्न सक्षम बनाउँछ। परम्परागत क्रेडिट कार्डका प्रमुख सुविधा—४५ दिनसम्म ब्याजमुक्त क्रेडिट र लचिलो भुक्तानी विकल्प—लाई QR भुक्तानीको सजिलोपन र सुरक्षित प्रणालीसँग जोडेर, यस कार्डले भौतिक कार्डको आवश्यकता पूर्ण रूपमा हटाइदिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म