होमपेज > बंगलादेशमा हसिनाका विरोधीद्वारा उनका पिताको घरमा तोडफोड

बंगलादेशमा हसिनाका विरोधीद्वारा उनका पिताको घरमा तोडफोड

बिज्ञापन

अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शनअघि बुधबार राती बंगलादेशका धेरै शहरमा फेरि हिंसा भड्किएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

प्रदर्शनकारीले पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता तथा बंगलादेशका संस्थापक शेख मुजिबुर रहमान ‘बंगबंध’को ढाकास्थित धनमन्डी-३२ मा रहेको निवासमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस्तै खुलनामा शेख हसिनाका काकाका छोराहरु शेख सोहेल, शेख ज्वेलको घर बुलडोजरले भत्काइएको छ। सामाजिक सञ्जालमा ‘बुलडोजर र्‍याली’को घोषणा भएपछि हिंसा भएको थियो। आक्रमण हुँदा सुरक्षाकर्मी पनि उपस्थित भएको तर भीड नियन्त्रणमा लिन नसकिएको जनाइएको छ।

बुधबार राति र बिहीबार बिहान देशभर प्रदर्शनकारीहरूले शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका जनाइएको छ।

भारतमा रहेकी शेख हसिनाको अनलाइन कार्यक्रम हुनुभन्दा ठीक अगाडि हिंसा सुरु भएको थियो। बंगलादेशको अग्रणी अखबार ‘द डेली स्टार’मा सामाजिक सञ्जालमा भाइरल पोस्टहरू अनुसार शेख हसिनाको ‘बंगलादेश विरोधी गतिविधि’ का कारण यो विरोध प्रदर्शन गरिएको उल्लेख गरेको छ। शेख हसिनाका विरोधीहरूले उनी भारतमा बसेर बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाएका छन्।

-प्रदर्शनकारीहरूले के गरे?

प्रदर्शनकारीले शेख हसिनाको पार्टीको विद्यार्थी शाखा छात्र लिगले एक अनलाइन कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा शेख हसिनाले फेसबुक मार्फत बोल्ने जनाइएको थियो। कार्यक्रमको समय राति ९ बजे तोकिएको थियो।

यो कार्यक्रमको खबर फैलिने बित्तिकै प्रदर्शनकारीहरूले ‘बुलडोजर प्रदर्शन’ को आह्वान गरेका थिए। उक्त प्रदर्शन राती ९ बजे बाट सुरु हुने जनाइएको थियो।

तर बेलुका ८ बजे नै भेदभाव विरोधी आन्दोलनका संयोजक हसनत अब्दुल्लाहको अपीलपछि, बेलचा र हथौडा लिएर सयौं प्रदर्शनकारीहरू धनमण्डी-३२ मा प्रवेश गरे।

प्रत्यक्षदर्शीका अनुसार उनीहरूले त्यहाँ स्थापित शेख मुजीबुरहमानको भित्ते चित्र बिगारे। राती ९:३० बजे भवनमा आगो लागेको थियो। अनि मध्यरात हुनुभन्दा केही समय अगाडि डोजर त्यहाँ आइपुगे। यसपछि राति २ बजेतिर भवनको एक भाग भत्काइयो।

एक प्रदर्शनकारीले उनीहरूले संग्रहालयमा परिणत भएको घरलाई ‘फासीवाद’को प्रतीक भएकोले जलाउन चाहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म