होमपेज > बैतडीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बैतडीमा बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु

बिज्ञापन

 जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका८, साँडीघाँटीमा सोमबार (पुस २८) बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मोतिनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा परेर तीनजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए। मृतक तीनैजना पुरुष रहेका भए पनि उनीहरूको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक सिंहका अनुसार जीपमा कति जना सवार थिए भन्ने खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  2. देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  3. शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  4. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  5. १३ राजदूतका लागि ३ हजार आवेदन
  6. हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  7. नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार
  8. एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
  9. ३ करोड बिक्रीसँगै आयोन बन्यो विश्व ईभी बजारको शक्तिशाली ब्रान्ड
  10. १० तोलामै ५ हजार ४ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
  11. ११ मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
  12. १२ अर्थमन्त्रीले ल्याएको कर, प्रधानमन्त्रीले हटाए : समता कर प्रकरणले उठाएको नीतिगत प्रश्न
  13. १३ अण्डाको मूल्य बढ्न थाल्यो, किसान अझै लागतभन्दा तल
  14. १४ प्रोटोन इ.मास ५ सार्वजनिकसँगै चार नयाँ सहरमा सोरुम र सर्भिस सेन्टर विस्तार
  15. १५ सामाजिक सुरक्षा भत्तामा ३२ लाख अनियमितता, वडा अध्यक्ष र सचिवसहित ४२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा