होमपेज > भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन प्रहरीको निर्देशन, के होला कारण?

भलिबल खेलाडी पुनम चन्दलाई ७ दिनभित्र हाजिर हुन प्रहरीको निर्देशन, के होला कारण?

बिज्ञापन

नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी महत्त्वपूर्ण खेलाडी प्रहरी जवान पुनम चन्दलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन नेपाल प्रहरीले निर्देशन दिएको छ। लामो समयदेखि आफूखुशी गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो।

नेपाल प्रहरी प्रधान कार्यालयले २०८३ जेठ ११ गते प्रकाशित सूचनामार्फत पुनम चन्दसहित गैरहाजिर रहेका अन्य प्रहरी कर्मचारीलाई समेत सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको जनाएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक कारणसहित हाजिर नभए कानुनी प्रक्रिया अघि बढाइने चेतावनी सूचनामा उल्लेख गरिएको छ।

प्रहरीका अनुसार प्रहरी जवान पुनम चन्द २०८२ चैत १५ गतेदेखि विनाअनुमति कार्यालयमा अनुपस्थित रहँदै आएकी छन्। आफूखुशी गैरहाजिर भएपछि प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी खोजतलास तथा सूचना टाँस गरिएको भए पनि उनी सम्पर्कमा नआएको प्रहरीको भनाइ छ।

घर ठेगानामा सूचना टाँस गर्दा तथा खोजी कार्य जारी राख्दा समेत कुनै जानकारी प्राप्त नभएपछि प्रहरीले सञ्चारमाध्यममार्फत सार्वजनिक सूचना जारी गर्दै सात दिने अन्तिम म्याद दिएको हो।

नेपाल भलिबल संघले काभा महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षण घोषणा गर्दा पुनम चन्द प्रारम्भिक टोलीमा समावेश थिइन्। तर प्रशिक्षणकै क्रममा उनले खेल र जागिर दुवै छोडेर अस्ट्रेलिया गएको बताइएको छ।

हाल नेपाली महिला भलिबल टोली घरेलु मैदानमा काभा महिला भलिबल च्याम्पियनसिप खेलिरहेको छ। टोलीकी प्रभावशाली खेलाडी पुनम चन्दको अनुपस्थितिले नेपाली टोलीलाई खेलमा असर परेको खेल विश्लेषकहरूको भनाइ छ। अर्कोतर्फ नियमविपरीत विदेशिएको आरोपसँगै उनको प्रहरी सेवाको भविष्यसमेत अन्योलमा परेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  2. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  3. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  4. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  5. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  6. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  7. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  8. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  9. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  10. १० नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  11. ११ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  12. १२ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  13. १३ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  14. १४ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  15. १५ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो