होमपेज > निलम पौडेल बनिन् पहिलो ट्रान्स महिला सगरमाथा आरोही

निलम पौडेल बनिन् पहिलो ट्रान्स महिला सगरमाथा आरोही

बिज्ञापन

नेपालकी ट्रान्स महिला निलम पौडेलले सगरमाथाको सफल आरोहण गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्।
व्यवसायिक मेकअप कलाकार तथा ट्रान्स-वुमन निलम पौडेलले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुन् । योसँगै उनी सगरमाथाको चुचुरोमा पुग्ने नेपालको एलजीबीटीक्यू समुदायकी पहिलो ट्रान्स महिला बनेकी छन् ।

शनिबार बिहान उनी सर्वोच्च शिखरको चुचुरोमा पुगेकी हुन् । मंगलबार बिहान काठमाडौं आइपुगेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ‘मेरो लागि यो आरोहण व्यक्तिगत शौर्यको मात्र प्रमाण होइन, वर्षौँसम्म भोगिएको सामाजिक विभेद, अस्वीकृति र पहिचानको संघर्षमाथिको विजयको प्रतीक पनि हो’ उनले भनिन्, ‘मेरो यो आरोहणले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई ‘हामी पनि सक्छौँ’ भन्ने सशक्त सन्देश दिएको छ र विश्वभरका एलजीबीटीक्यू समुदायको आवाजलाई उचाइमा पुर्‍याएको छ ।’

पौडेलको सफलताले सगरमाथालाई पर्वतारोहणको उपलब्धिका साथसाथै विविधता, साहस र खुलापनका साथ जीवन जिउने प्रतीकको रूपमा नयाँ अर्थ प्रदान गरेको नीलहिरा समाजले जनाएको छ । निलम लामो समयदेखि फिल्म, संगीत र फेसनसहितको कला क्षेत्रमा व्यवसायिक मेकअप आर्टिस्टको रुपमा कार्यरत छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड
  2. बुद्ध एयरले भित्र्यायो नयाँ एटीआर–७२–६००, कम दृश्यतामा पनि उडान–अवतरण सहज हुने विश्वास
  3. निट प्रश्नपत्र चुहावट विवाद चर्किएपछि भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
  4. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  5. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  6. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  7. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  8. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  9. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  10. १० स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  11. ११ रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  12. १२ मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  13. १३ पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  14. १४ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  15. १५ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट