होमपेज > राष्ट्र बैंकद्धारा ईभीमा ६०% सम्म मात्र ऋण उपलब्ध गराउन हायर पर्चेज कम्पनीलाई निर्देशन

राष्ट्र बैंकद्धारा ईभीमा ६०% सम्म मात्र ऋण उपलब्ध गराउन हायर पर्चेज कम्पनीलाई निर्देशन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले विद्युतीय गाडी (ईभी)मा ६० प्रतिशतसम्म मात्र ऋण उपलब्ध गराउन हायर पर्चेज कर्जा दिने कम्पनीहरुलाई निर्देशन दिएको छ।

केन्द्रीय बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीति एवं प्रक्रियागत व्यवस्था, २०७० मा पाँचौँ संशोधन गर्दै यस्तो प्रावधान कायम गरेको हो। संशोधित व्यवस्थाअनुसार अब हायर पर्चेज कर्जा दिने कम्पनीहरुले सबै प्रकारका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधनमा ऋण मूल्य अनुपात अधिकतम ६० प्रतिशतसम्म मात्र कायम गर्न पाउनेछन्। यसअघि ऋण मूल्य अनुपात अधिकतम ८० प्रतिशत थियो।

अन्य सवारीसाधन भने कम्पनीहरुले अधिकतम ८० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउनेछन्। राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत लिइएको यो व्यवस्था कार्यान्वयनन गर्न हायर पर्चेज कर्जा दिने कम्पनीहरुको प्रावधानमा संशोधन गरेको हो। अब सोहीबमोजिम गर्न गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने