होमपेज > राष्ट्र बैंकद्वारा ७० अर्ब निक्षेप संकलन, तरलता नियन्त्रणको प्रयास

राष्ट्र बैंकद्वारा ७० अर्ब निक्षेप संकलन, तरलता नियन्त्रणको प्रयास

बिज्ञापन

देशको वित्तीय प्रणालीमा देखिएको बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (आईतबार) ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण अन्तर्गत बोलकबोल प्रणालीमार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सहभागिताको अनुमति दिएको छ। सहभागी संस्थाहरूले न्यूनतम १० करोडदेखि अधिकतम ५ अर्ब रुपैयाँसम्मको गुणनफलमा बोलकबोल गर्न पाउने छन्।

यस प्रक्रियामा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई प्राथमिकता दिइनेछ। संकलित निक्षेपको सावाँ तथा ब्याज आगामी २०८२ साल असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

हाल देशको कुल निक्षेप रकम ७२ खर्ब नाघिसकेको छ। बढ्दो तरलताको प्रभावलाई न्यूनीकरण गर्न राष्ट्र बैंकले यसअघि पनि दीर्घकालीन निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा जस्ता माध्यमहरूबाट तरलता व्यवस्थापन गर्दै आएको छ।

राष्ट्र बैंकका अनुसार, यस्तो कदमले बजारमा ब्याजदरलाई सन्तुलनमा राख्ने, मुद्रास्फीतिमा नियन्त्रण ल्याउने र वित्तीय स्थायित्व कायम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म