होमपेज > वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने तीन जना पक्राउ

बिज्ञापन

विदेशमा रोजगारी दिलाइदिने भन्दै ठूलो रकम ठगी गरेको आरोपमा तीन जना व्यक्तिहरू पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा प्युठान नौबहिनी गाउँपालिका१ घर भई काठमाडौं महानगरपालिका१४ बस्ने ३४ वर्षीय विशाल बुढा मगर, झापा बुद्धशान्ति गाउँपालिका२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका९ बस्ने ३० वर्षीय निकेश ढुङ्गाना र महोत्तरी गौशाला नगरपालिका९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका३ बस्ने ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन्।

प्रहरीका अनुसार, विशालले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट १५ लाख ३० हजार रुपैयाँ असुलेका थिए। निकेशले युके पठाइदिने भन्दै एक जना पीडितबाट ४१ लाख रुपैयाँ लिएको आरोप छ। यस्तै, योगेन्द्रले अल्बानिया लैजाने प्रलोभन देखाई एक जना पीडितसँग ९ लाख ३४ हजार रुपैयाँ ठगी गरेका थिए।

उनीहरू सबै पीडितहरूसँग रकम लिएपछि सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीको आधारमा प्रहरी टोलीले विशाललाई काठमाडौंको चन्द्रागिरी नगरपालिका१४, निकेशलाई ललितपुर महानगरपालिका१५ र योगेन्द्रलाई काठमाडौं महानगरपालिका१२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म