होमपेज > अमेरिकाको उपराज्यमन्त्री भोलि नेपाल आउँदै

अमेरिकाको उपराज्यमन्त्री भोलि नेपाल आउँदै

बिज्ञापन

अमेरिकाको व्यवस्थापन र स्रोत सम्बन्धी उपराज्यमन्त्री रिचार्ड आर. बर्मा नेपाल भ्रमणमा आउन लागेका छन् । अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यअनुसार बर्मा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणको अवसरमा नेपाल र अमेरिकाबीच समृद्ध, सुरक्षित र बलियो रूपमा दृढ भविष्यलाई अगाडि बढाउन र सहयोग गर्ने विषयमा छलफल हुने पनि अमेरिकी विदेश मन्त्रालयको प्रवक्ताद्वारा जारीे वक्तव्यमा जनाइएको छ । बर्माले नेतृत्व गर्ने प्रतिनिधिमण्डलले आर्थिक विकास, महिला सशक्तिकरण, ऊर्जा र जनताबीचको सम्बन्धमा साझा प्राथमिकताका बारेमा उच्च सरकारी अधिकारी, विकास व्यवसायी र व्यवसायी नेताहरूसँग छलफल गर्नेछन् ।

बर्मासँग राष्ट्रपति जो बाइडेनका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडेस्टा र अमेरिकी ऊर्जा विभागका उपमन्त्री डेभिड टर्क पनि रहने छन् । उनी भारतको पनि भ्रमण गर्ने छन् । भदौ १ देखि ६ गतेसम्म नेपाल र भारतको भ्रमण गर्ने उनको तालिका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार