होमपेज > उत्तर कोरियामा ३० जनालाई एकैसाथ मृत्युदण्ड

उत्तर कोरियामा ३० जनालाई एकैसाथ मृत्युदण्ड

बिज्ञापन

उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । बाढीले गरेको विनाश रोक्न नसकेको भन्दै उनीहरूलाई मृत्युदण्ड दिइएको समाचारमा उल्लेख छ ।

ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ । बाढीका कारण भएको विनाश देखेर रिसाएका किम जोन उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याएको द सनको समाचारमा उल्लेख छ । समाचार अनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए । बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए । बाढीमा लापरबाही गरेको आरोपमा उनले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिएको समाचारमा उल्लेख छ ।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो । यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए । उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  2. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  3. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  4. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  5. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  6. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  7. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  8. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  9. हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  10. १० देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  11. ११ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  12. १२ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  13. १३ १३ राजदूतका लागि ३ हजार आवेदन
  14. १४ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार
  15. १५ नेप्से करिब १४ अंकले घट्यो, ५ अर्ब १८ करोडको कारोबार