होमपेज > पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी आन्दोलित

पतञ्जलि आयुर्वेद मेडिकल कलेजका विद्यार्थी आन्दोलित

बिज्ञापन

काभ्रेको धुलिखेलस्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका विद्यार्थी आन्दोलित बनेका छन् । क्याम्पसले इन्टर्नसीप अवधिमा उपलब्ध गराउनुपर्ने निर्वाह भत्ता दिन नमानेपछि आयुर्वेद स्नातक उत्तीर्ण गरी अस्थायी दर्ता पत्र प्राप्त गरेका विद्यार्थीले कलेज र सम्बन्धित अस्पतालमा तालाबन्दी गरी आन्दोलनमा उत्रेका हुन् ।

नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठ साथै परिषद्द्वारा दर्ता आयुर्वेद क्याम्पस कीर्तिपुरले इन्टर्न डाक्टरलाई मासिक निर्वाह भत्ता उपलब्ध गराउँदै आएको छ । पतञ्जलि कलेजले भने भत्ता नदिने भनेपछि आफूहरू आन्दोलित बन्नुपरेको विद्यार्थीले बताएका छन् । क्याम्पस प्रशासनलाई विद्यार्थीले २ माघ २०८० मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको परिपत्रको स्मरण पनि गराएका छन् । मन्त्रालयका सचिवको अध्यक्षमा २६ पुस २०८० मा बसेको बैठकले आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधा (निर्वाह भत्ता) मा विविधता देखिएको भन्दै सबै शिक्षण संस्थाहरूमा सो सेवा सुविधाहरू न्यूनतम सरकारी सरह कायम गर्नका लागि आवश्यक सहजीकरण गर्न भनेको थियो ।

सो निर्णयअनुसारको परिपत्र २ माघमा जारी गरिएको थियो । तर, मन्त्रालयको निर्णय मान्न तथा संस्कृत विश्वविद्यालयअन्तर्गतकै अन्य क्याम्पसले इन्टर्न डाक्टरलाई दिइरहेको सेवा सुविधा उपलब्ध गराउन पतञ्जलिले आनाकानी गरेको आन्दोलनरत विद्यार्थीले बताएका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले बीएएमएस तृतीय प्रोफेसनल उत्तीर्ण गरी अस्थायी दर्ता पत्र पाएका इन्टर्नसिप डाक्टरलाई कार्यकालभर अधिकृत आठौँ तहका लागि नेपाल सरकारले तोकेअनुसार तलबको आधा रकम जीवन निर्वाह भत्ताको रूपमा दिनुपर्ने व्यवस्था गरेको छ ।

यसै प्रावधानअनुसार, आयुर्वेद क्याम्पस कीर्तिपुर, दाङको संस्कृत विश्वविद्यालयले इन्टर्नसिप अवधिभर मासिक २४ हजार रुपैयाँका दरले जीवन निर्वाह भत्ता प्राप्त गर्दै आएका छन् । तर, पतञ्जलि आयुर्वेद मेडिकल कलेजले यो निर्णय कार्यान्वयन गरेको छैन । बरु आफूहरूलाई विभिन्न बहाना गर्दै टार्ने र झुलाउने काम गरिरहेको एक विद्यार्थीले बताए । आयुर्वेदमा स्नातक गरेपछि एक वर्ष इन्टर्न गर्नुपर्छ । यसबापत् नियमअनुसार पाउनुपर्ने सुविधा मागेको ती विद्यार्थीको भनाइ छ । १४ भदौमा विद्यार्थी समूहले भत्ता उपलब्ध गराउने विषयमा लिखित निर्णय दिन भन्दै कलेज प्रशासनलाई पत्र लेखेका थिए । पत्रपछि १६ भदौमा वार्ता भए पनि निष्कर्षविहीन बन्यो । तर, कलेज नेतृत्वले आश्वासन दिएर आन्दोलन असफल पार्ने रणनीति लिएको ती विद्यार्थीको भनाइ छ । विद्यार्थीहरूले कलेजको प्रमुख कार्यालय पतञ्जलि योगपिठ मण्डीखाटारलाई पनि पत्र लेखेर ध्यानाकर्षण गराएका थिए । त्यहाँबाट समेत जवाफ नआएपछि १७ गतेदेखि क्याम्पस र अस्पतालमा तालाबन्दी गर्न बाध्य भएको विद्यार्थीहरूले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार