होमपेज > ‘एनआईसी एशिया ग्रोथ फण्ड-२’ का ८ करोड ५० लाख इकाईको बिक्री आजदेखि

‘एनआईसी एशिया ग्रोथ फण्ड-२’ का ८ करोड ५० लाख इकाईको बिक्री आजदेखि

बिज्ञापन

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड-२ का ८ करोड ५० लाख इकाईको बिक्री आजदेखि खुलेको छ । कुनै पनि संघसंस्था तथा सर्वसाधारणहरुका लागि रु. १० अंकित दरका इकाईहरुको बिक्री आजदेखि खुलेको धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

आजदेखि बिक्री खुलेको यो फण्डका इकाईमा छिटोमा मंसिर ७ गतेसम्म र सो अवधिसम्म सबै इकाई बिक्री नभए ढिलोमा मंसिर १८ गतेसम्म खरीदका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सीआस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु वा सिडिएस एण्ड क्लियरिङ लिमीटेडद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

यो म्युचुअल फण्डको १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंक लिमीटेडलाई सुरक्षित राखी बाँकी इकाईको बिक्री खुलाइएको हो । सेयरको दोश्रो बजारको विषयमा पर्याप्त ज्ञान नभएका, तर सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित मानिन्छ । यस्ता फण्डका सञ्चालकहरुले सर्वसाधारणका साना साना लगानी भेला पारी दोश्रो बजार तथा लगानीका अन्य उपकरणमा लगानी गरी लगानीकर्तालाई वार्षिक रुपमा निकै राम्रो रिटर्न दिंदै आएका छन् ।

एनआईसी एशिया क्यापिटलले यस ग्रोथ फण्डका इकाईमा लगानी गर्नेले उच्चतम रिटर्न प्राप्त गर्ने समेत प्रतिबद्धता व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने