एनआईसी एशिया बैंकले लकर सेवा प्रयोग गर्ने ग्राहकहरूका लागि विशेष छुट योजना सार्वजनिक गरेको छ। ग्राहकका बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित राख्ने आवश्यकता लक्षित गर्दै बैंकले निश्चित अवधिका लागि पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छूट प्रदान गर्ने घोषणा गरेको हो।
बैंकले देशभरका १५० शाखामा आवश्यकताअनुसारका विभिन्न आकारका लकर उपलब्ध गराइरहेको छ। छुट योजनाले लकर सेवा प्रयोग गर्न चाहने ग्राहकलाई थप सहजता, सरलता र सहुलियत मिल्ने बैंकको विश्वास छ।
लकर सेवाबारे थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बर १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

