कामना सेवा विकास बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ।
बैंकको चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३५ लाख १० हजार ८४६ दशमलव २० कित्ता बोनस शेयर हिजो शुक्रबार सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी बोनस शेयर धितोपत्रको दोस्रो बजार मार्फत खरिद बिक्री गर्न सक्ने छन् ।

