होमपेज > ‍११औँ महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने – प्रतिनिधि सभाको विघटन मान्य छैन्

‍११औँ महाधिवेशनको उद्घाटन गर्दै ओलीले भने – प्रतिनिधि सभाको विघटन मान्य छैन्

बिज्ञापन

नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भएको छ । भक्तपुरको सल्लाघारीमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाट गरेका हुन् । उद्घाटनका क्रममा अध्यक्ष ओलीले रिमोटबाट झन्डोतोलन गरेका थिए ।

सोमबारसम्म संचालन हुने यस महाधिवेशनले १५ पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने छ । एमालेको यस महाधिवेशनमा कुल २ हजार २६८ प्रतिनिधि सहभागी रहेका छन्, जसमा १०८ प्रतिनिधि मनोनित सचिवालयले मनोनित गरेको छ ।

एमालेको महाधिवेशनको उद्घाटन समारोहमा नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका देव गुरुङ, रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवलगायत सहभागी रहेका छन् ।

प्रतिनिधि सभाको विघटन मान्य छैन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन मान्य नरहेको बताएका छन् । एमालेको ११औं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले प्रतिनिधि सभाको विघटन आफुहरुलाई मान्य नरहेको भन्दै तत्काल संसद विघटन हुनुपर्ने बताएका छन् ।

जननिर्वाचित प्रतिनिधिलाई बाहिर राखेर लोकतन्त्र फस्टाउन नसक्ने भन्दै ओलीले डर, दबाब र प्रतिशोधको छायाँबाट हुने चुनावले लोकतन्त्रलाई कमजोर बनाउने बताएका छन् ।ओलीले अहिले फागुन ११ मा चुनाव गर्ने भन्दै नाटक गरिएको भन्दै सरकारले चुनावको वातावरण नबनाएको दाबी गरे । उनले डर देखाएर, मिडिया ट्रायल गरेर, नेताहरुलाई स्थनहद तोकेर, पासपोर्ट रोक्का गरेर सरकारले कसरी चुनाव गराउछ भन्दै प्रश्न गरेका थिए ।

ओलीले अहिले एमालेलाई जेनजी विरोधी भन्दै प्रचार गरिएको भन्दै सरकारमा रहदा स्टार्ट अप कार्यक्रम ल्याएको, एआई नीति ल्याएको पार्टी, युवा केन्द्रित नीति बनाएको एमाले कसरी जेनजी विरोधी हुन्छ भन्दै प्रश्न गरेका थिए । उनले अहिले जेनजीको नाममा स्वार्थको रोटी सेक्नेहरुले एमाले जेनजी विरोधी भएको भाष्य सिर्जना गरेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म