होमपेज > ग्लोबल मनि वीक २०२५को अवसरमा सामुदायिक लघुवित्तद्वारा साक्षरता कार्यक्रम सम्पन्न

ग्लोबल मनि वीक २०२५को अवसरमा सामुदायिक लघुवित्तद्वारा साक्षरता कार्यक्रम सम्पन्न

बिज्ञापन

ग्लोबल मनि वीक २०२५ को अवसर पारेर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको सागा स्थित केन्द्रीय कार्यालयअन्तर्गत मन्थली शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम २०८१ साल चैत ७ गते, बिहीबार रामेछाप जिल्लाको मन्थली नगरपालिका–७ स्थित श्री रुद्राक्षेस्वर माध्यमिक विद्यालयमा सम्पन्न गरिएको हो। कार्यक्रममा कक्षा ८, ९, ११ र १२ का विद्यार्थीलाई लक्षित गर्दै बचतको महत्त्व, भविष्यमा आवश्यक पर्ने ऋणको सदुपयोग, वित्तीय योजनाको आवश्यकता र व्यक्तिगत आर्थिक व्यवहारमा सचेत रहनुपर्ने विषयमा साक्षरता दिइएको थियो।

साथै, बैंकिङ सेवा, खाता सञ्चालन प्रक्रिया, डिजिटल बैंकिङ, साइबर फ्रडबाट जोगिने उपाय, शेयर र नेपाल धितोपत्र बोर्ड सम्बन्धी आधारभूत जानकारी समेत प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक हर्क बहादुर भुजेलले गरेका थिए भने सामुदायिक लघुवित्तको केन्द्रीय कार्यालयबाट आएका सञ्चालन विभाग प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले संस्थाको परिचय र प्रदान गरिने सेवा–सुविधाबारे जानकारी गराएका थिए।

क्षेत्रीय कार्यालय मन्थलीका क्षेत्रीय अधिकृत भरत खड्काले कार्यक्रम सञ्चालन तथा वित्तीय साक्षरता प्रशिक्षण दिएका थिए। यस अवसरमा मन्थली शाखा प्रमुख रमेश पौडेल, कर्मचारी प्रमोद यादव र चन्द्र बहादुर श्रेष्ठको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म