होमपेज > दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

दिपल ईभी अब मात्र १३.९९ लाख रुपैयाँ डाउन पेमेन्टमा

बिज्ञापन

नेपाली ईभीप्रेमीहरुका लागि प्रिमियम ईभीको पहुँचलाई अझ धेरै सहज बनाउन नेपालका लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले आकर्षक न्युनतम डाउन पेमेन्ट स्किम घोषणा गरेको छ।

‘एसिलेरेट इन्टु द फ्युचर’ नाम दिइएको यो स्किमले स्टाइलिस र टेक्नोलोजिकल्ली एड्भान्स्ड दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने कम्पनीको भनाइ छ। यो स्किमअन्तर्गत अब दिपलका ईभीहरु मात्र २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न सकिनेछ। दिपलको प्रिमियम ईभीहरु एल ०७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस ०७ १४ लाख ९९ हजार रुपैयाँ र एस ०७एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्ट गरी आफ्नो बनाउन सकिनेछ।

यसका अलावा, ग्राहकले फ्लटिङ बेसिसमा ८.९९ प्रतिशत ब्याजदर मा सात वर्षको सवारी कर्जाको उपभोग गर्न पाउनेछन्। ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन आफ्नो फाइनान्सिङ पार्टनर एमएडब्लु हायर एन्ड पर्चेजमार्फत मात्र दुई दिनमा सवारीकर्जा पास गर्न व्यवस्था एमएडब्लु वृद्धिले गरेको छ। यो स्किम काठमाडौं नक्सालस्थित मुख्य सोरुम लगायत देशभरका डिलरहरुमा समेत लागू हुन्छ।

यो स्किमलाई अझै आकर्षक बनाउन एमएडब्लु वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसरिजहरु गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था गरेको छ। यो अफर चैत्र ८ गतेदेखि १५ दिनका लागि लागू हुने बताइएको छ।

आफ्नो कटिङ एड्ज डिजाइन, फ्युचरिस्टिक टेक्नोलोजी र अतुलनीय ड्राइभिङ एक्सपिरियन्सका कारण नेपालमा सार्वजनिक भएको छोटो समयमै दिपलले आफूलाई स्टाइल र स्टेटस सिम्बोलका रुपमा स्थापित गर्न सफल भएको छ। हालसम्म नेपालमा आठ सयभन्दा बढी दिपल ईभी डेलिभरी भइसकेका छन्। यसको डिजाइन र टेक्नोलोजीबाट ग्राहक निकै सन्तुष्ट भएको कम्पनीको दावी रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  2. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  3. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  4. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  5. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  6. ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  7. प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  8. विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  9. नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  10. १० हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  11. ११ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म
  12. १२ शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल फेरि पक्राउ
  13. १३ मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
  14. १४ १३ राजदूतका लागि ३ हजार आवेदन
  15. १५ हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सहकार्य गर्न सरकार तयार