होमपेज > जेजीआई डिस्ट्रिब्युसनले ६ महिनामा गर्‍यो सवा ५ अर्बको मदिरा व्यापार

जेजीआई डिस्ट्रिब्युसनले ६ महिनामा गर्‍यो सवा ५ अर्बको मदिरा व्यापार

बिज्ञापन

मदिरा तथा पेयपदार्थ वितरक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको जेजीआई डिस्ट्रिब्युसन प्रालिले ६ महिनामा ५ अर्ब रुपैयाँ बढीको मदिरा कारोबार गरेको छ । सन् २०२४ को ६ महिनामा कम्पनीले ५ अर्ब ११ करोड ८० लाख रुपैयाँको मदिरा कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ मा १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । यस्तै, कम्पनीले सन् २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा कारोबार गरेको थियो । जेजीआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो । देशभरि ४० युपी मदिरामा जावलाखेलको उपस्थिति बलियो छ । यस्तै, मदिरा बजारमा ४० युपीको गोल्डेन ओकको हिस्सा ठूलो छ । गत वर्ष कम्पनीको कुल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा रहेको बताइएको छ ।यस्तै, भोड्का जिन र अइलाको २२ र बडबाइजर बियरको हिस्सा १९ प्रतिशत मात्र रहेको छ ।

सन् २०१६ मा जावलाखेल ग्रुपले मदिरा व्यापारका लागि जेजीआई स्थापना गरेको थियो । जावलाखेल ग्रुपका ५ डिस्टिलरीले उत्पादन गरेको मदिरा र बियर जेजीआईले देशभरि बिक्री गर्दै आएको छ । जेजीआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ । सन् १९७३ मा विजयबहादुर शाहले जावलाखेल डिस्टिलरी स्थापना गरेका थिए । कम्पनीले पहिलोपटक रुस्लान भोड्का उत्पादन सुरु गरेको थियो । हाल ग्रुपभित्र मदिरा र बियर उत्पादनका साथै मदिराको रिसर्च जेजीआई प्रालिले गरिरहेको छ । सरकारलाई बढी कर बुझाउनेमा जावलाखेल ग्रुप अगाडि आउँछ । आर्थिक वर्ष २०७८/०७९ को आय विवरणअनुसार व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुपका अध्यक्ष शाह सम्मानित भएका थिए ।

कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले २ करोड ९० लाख सर्टटर्म र ४ अर्ब ३० करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि रेटिङ गराएको हो । कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालबाट ए फोर प्लसको रेटिङ पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  2. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  3. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  4. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  5. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  6. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  7. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  8. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  9. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  10. १० एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  11. ११ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  12. १२ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  13. १३ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  14. १४ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  15. १५ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’