होमपेज > ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे, क्युबासँग तनाव चर्कियो

ट्रम्पले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे, क्युबासँग तनाव चर्कियो

अमेरिकाको रणनीति: भेनेजुएलाबाट क्युबाको निर्भरता तोड्ने प्रयास

बिज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै विश्वभर सनसनी फैलाएका छन्। ट्रम्पले आफ्नै फोटोसहितको डिजिटल सम्पादन तस्वीर पनि सामाजिक सञ्जालमा सेयर गरेका छन् जसमा उनी ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ को रूपमा प्रस्तुत छन्।

ट्रम्पले आफ्नो पोस्टमा हालैको भेनेजुएला घटनाक्रमसँग सम्बन्धित उक्त तस्वीर राख्दै अमेरिका–भेनेजुएला सम्बन्धका विषयलाई जोड दिएका छन्। यसअघि ट्रम्प प्रशासनले भेनेजुएलामा सैन्य अपरेशन गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गर्दै विश्वव्यापी हलचल मच्चाएको थियो।

ट्रम्प प्रशासनले अमेरिका भेनेजुएलामा के चाहन्छ ?
विश्लेषकहरूको मतमा, अमेरिका भेनेजुएलाको तेल उद्योग र पूर्वाधार पुनःस्थापना गरी त्यहाँका तेल र पैसाको प्रवाहमा प्रभुत्व जमाउने चाहना राखेको देखिन्छ। खासगरी अमेरिकी तेल कम्पनीहरूलाई भेनेजुएलामा लगानीका अवसर सिर्जना गर्ने र भेनेजुएलाको तेलको वैश्विक बजारमा अमेरिकी पहुँच कायम रहोस् भन्ने लक्ष्य स्पष्ट छ।

ट्रम्पले क्युबालाई पनि चेतावनी दिएका छन्- सम्झौता नगरेको अवस्थामा कडा परिणाम भोग्न तयार रहोस्। उनले भेनेजुआलाबाट क्युबामा जाने तेल र पैसाको प्रवाह रोक्ने चेतावनी दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, “क्युबा धेरै वर्षदेखि भेनेजुएलाबाट ठूलो परिमाणमा तेल र पैसामा बाँचेको थियो। यसको बदलामा क्युबाले पछिल्ला दुई भेनेजुएली तानाशाहलाई ‘सुरक्षा सेवा’ प्रदान गर्‍यो, तर अब त्यस्तो हुनेछैन… अब क्युबामा कुनै तेल वा पैसा जाने छैन।”

उनले क्युबालाई सम्झौता गर्न दबाब दिन र ढिलो हुनुअघि निर्णय गर्न चेतावनी समेत दिएका छन्।

क्युबाले के दियो जवाफ ?
क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिग्वेजले क्युबासँग जुनसुकै निर्यातकर्ताबाट अमेरिकी हस्तक्षेप वा अधीनताबिना इन्धन आयात गर्ने पूर्ण अधिकार रहेको बताए । उनले अमेरिकाजस्तो क्युबाले अन्य राज्यहरूविरुद्ध ब्ल्याकमेल वा सैन्य दबाब दिने काम नगर्ने बताए ।

ट्रम्पले अमेरिकामा लागुऔषध तस्करीको आरोप खेपिरहेका मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई गरिएको पक्राउ र कारबाहीको प्रसंग पनि उल्लेख गरे । क्युबाले वर्षौंदेखि मादुरोलाई व्यक्तिगत सुरक्षा दस्ता उपलब्ध गराउँदै आएको थियो । क्युबा सरकारका अनुसार काराकसमा भएको अमेरिकी अपरेसनका क्रममा ३२ जना क्युबाली नागरिक मारिएका छन् ।

ट्रम्पले भने, “तीमध्ये अधिकांश क्युबालीहरू गत हप्ताको अमेरिकी हमलामा मारिएका छन् । अब भेनेजुएलालाई ती गुण्डाहरू र जबरजस्ती असुली गर्नेहरूबाट सुरक्षा चाहिँदैन, जसले उनीहरूलाई धेरै वर्षसम्म बन्धक बनाएका थिए । भेनेजुएलासँग अब विश्वको सबैभन्दा शक्तिशाली सेना भएको संयुक्त राज्य अमेरिका छ, जसले उनीहरूको रक्षा गर्नेछ ।”

ट्रम्पले पछिल्लो समय अमेरिकी विदेश नीतिलाई सन् १८२३ को ‘मोनरो सिद्धान्त’को नयाँ संस्करणमार्फत अगाडि बढाइरहेका छन्, जसलाई उनले ‘डनरो सिद्धान्त’नाम दिएका छन् । यसको उद्देश्य पश्चिमी गोलार्धमा अमेरिकी वर्चस्व कायम गर्नु हो ।

ट्रम्पले कोलम्बियामा पनि सैन्य कारबाही हुनसक्ने संकेत दिँदै त्यहाँका राष्ट्रपति गुस्ताभो पेट्रोलाई सतर्क रहन भनेका छन् । ट्रम्पले मेक्सिकोबाट अमेरिकातर्फ लागुऔषध ओइरिरहेको भन्दै त्यहाँका कार्टेलहरूविरुद्ध लड्न अमेरिकी सेना पठाउने प्रस्ताव गरेका छन्, जसलाई मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले अस्वीकार गरेकी छिन् ।

सन् १९५९ मा फिडेल कास्ट्रोले अमेरिका समर्थित सरकार ढालेदेखि नै अमेरिका र क्युबाको सम्बन्ध तनावपूर्ण रहँदै आएको छ । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले सम्बन्ध सुधार्ने प्रयास गरे पनि ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुमै क्युबालाई पुनः आतंकवादलाई प्रश्रय दिने राष्ट्रको सूचीमा राखेका छन् । क्युबाका राष्ट्रपति मिगुएल डियाज–कानेलले आइतबार भने, “जसले मानव जीवनलाई समेत व्यापार बनाउँछन्, उनीहरूसँग क्युबामाथि औँला उठाउने कुनै नैतिक अधिकार छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने