होमपेज > दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल

बिज्ञापन

कामना सेवा विकास बैंक लिमिटेडले समावेशी बैंकिङलाई प्रबर्द्धन गर्दै दृष्टीविहीन व्यक्तिहरुलाई बैंकिङ पहुँचसँग जोड्ने उद्धेश्यका साथ वित्तीय साक्षरता तथा हस्ताक्षर तालिम कार्यक्रम सम्पन्न गरेको छ । सर्वोदय परियोजनासँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा दृष्टीविहीन व्यक्तिहरुलाई वित्तीय साक्षरताको उद्धेश्यले दुईदिने कार्यशाला गोष्ठी आयोजना गरी जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख सुशील पौडेलले बचतको महत्व, व्यक्तिगत बजेट निर्माण, पारिवारिक बजेट निर्माण, आर्थिक अनुशासन, आर्थिक लक्ष्य, भविष्यका लगानीका अवसरहरु, डिजिटल कारोबार, डिजिटल ठगी लगायतका विषयहरुमा वित्तीय साक्षरता प्रदान गरेका थिए । कार्यक्रममा हस्ताक्षर तालिमलाई विषेश प्राथमिकता दिइएको थियो ।

बैंकिङ कारोबारका क्रममा आवश्यक पर्ने हस्ताक्षर सम्बन्धी व्यवहारिक अभ्यास गराउँदै सहभागीहरूलाई आत्मविश्वासी बनाउने प्रयास गरिएको थियो । उक्त तालिमले दृष्टिविहीन व्यक्तिहरूलाई बैंकिङ प्रक्रिया सहज रूपमा प्रयोग गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा ४० जना दृष्टिविहीन व्यक्तिहरूको सहभागिता रहेको थियो । बैंकले आगामी दिनहरूमा पनि समावेशी बैंकिङलाई प्रवद्र्धन गर्दै विभिन्न समुदाय लक्षित वित्तीय सचेतना तथा सशक्तीकरणका कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ । सोही कार्यक्रममा बोल्दै सर्वोदय परियोजनाका अध्यक्ष युवराज वाग्लेले दृष्टीविहीनहरुलाई कामना सेवा विकास बैंकले समावेशी बैंकिङतर्फ गरिएको पहल तथा हस्ताक्षर तालिम प्रति खुशी व्यक्त गर्दै वित्तीय साक्षरता कार्यक्रम उपयोगी र प्रभावकारी रहेको बताएका छन् । सर्वोदय परियोजनाकै सौगात वाग्ले आफू पनि दृष्टीविहीन भएको र अन्य व्यक्तिहरुले जस्तै बैंकिङ सेवाहरु प्राप्त गरि सुरक्षित रुपले बैंकिङ सेवाहरु उपभोग गरिरहेको बताए ।

कामना सेवा विकास बैंकले दृष्टिविहीनहरूलाई लक्षित गरेर ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खाता खोल्ने दृष्टिविहीनहरूले अन्य व्यक्तिहरूले जस्तै मोबाइल बैंकिङ, ए.टि.एम कार्ड लगायतका सुविधाहरू प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । बैंकले उक्त खाता खोल्नका लागि दृष्टिविहीन भएको कारणले अतिरिक्त कुनै पनि कागजात वा अन्य कुनै साक्षी आवश्यक नपर्ने र खाता सञ्चालन सम्बन्धी शर्तहरू ब्रेल लिपिमा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

कार्यक्रमको समापनसँगै बैंकका ब्रान्डिङ तथा सि.एस.आर प्रमुख पौडेलले तालिमलाई आगामी दिनमा अझ प्रभावकारी र व्यापक बनाउँदै दृष्टिविहीन व्यक्तिहरूलाई आत्मनिर्भर तथा सहज बैंकिङ अभ्यासतर्फ अभिप्रेरित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले यस्ता तालिममार्फत वित्तीय पहुँच मात्र होइन, आत्मविश्वास र सामाजिक समावेशितामा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म