होमपेज > धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव फेला

धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव फेला

बिज्ञापन

काठमाडौंको सुकेधारास्थित धोबीखोला करिडोर नजिक एक जना व्यक्तिको शव भेटिएको छ ।

बुधबार राति धोबीखोला करिडोर नजिक धनवन्तरी फुटसल परिसरमा ओलखढुंगा स्थायी घर भएका तेस्रोलिङ्गी अड्विर राईको शव भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । शव भेटिएको सूचना पाएलगत्तै प्रहरी वृत्त, महाराजगञ्जको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उनको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, प्रारम्भिक जाँचमा राईको मृत्यु शंकास्पद देखिन्छ । ‘सीसी टीभी फुटेज लगायतका अन्य विभिन्न पाटोको अध्ययन गरेर अनुसन्धान थालेका छौं’, ती अधिकृतले भने । शंकास्पद देखिएपछि यो प्रकरणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समेत जाँच गरिरहेको छ । कार्यालयका अधिकृतहरुका अनुसार, मृतक राईको टाउकोमा गम्भीर चोटहरु देखिएको छ । कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतले भने पोष्टमार्टम जाँचपछि नै मृत्युको कारण खुल्ने र त्यसपछि विस्तृतमा थाहा हुने  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने