होमपेज > नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरिने, एनआरएनलाई धितोपत्र बजारमा प्रवेश खुला

नेपाल टेलिकमको ३४ प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गरिने, एनआरएनलाई धितोपत्र बजारमा प्रवेश खुला

बिज्ञापन

सरकारले नेपाल टेलिकममा संघीय सरकारको ६६ प्रतिशत शेयर मात्रै कायम राख्दै बाँकी ३४ प्रतिशत शेयर सर्वसाधारणका लागि बिक्री गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले पुस मसान्तभित्र नेपाल टेलिकमको बाँकी शेयर जनस्तरमा बिक्री गरिने जानकारी दिए ।

उनका अनुसार शेयर बिक्रीबाट प्राप्त रकम नेपाललाई ‘टेक हब’ का रूपमा विकास गर्न उपयोग गरिनेछ ।

सरकारले गैरआवासीय नेपाली (एनआरएन) लाई पनि धितोपत्र बजारमा सहभागी गराउने नीति लिएको छ । बजेट वक्तव्यमा विदेशी लगानी स्वीकृति, लेखांकन, नाफा फिर्ता तथा पुँजीगत लाभकरसम्बन्धी कानुनी व्यवस्था परिमार्जन गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय संघसंस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा विशेष प्रयोजनका इकाइलाई आवासीय भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन रूपमा लिजमा लिन सक्ने व्यवस्था गरिने भएको छ । यस्तो व्यवस्था कुल इकाइको २५ प्रतिशतभन्दा बढी नहुने गरी लागू गरिने अर्थमन्त्री वाग्लेले बताए ।

सरकारले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने नीति पनि अघि सारेको छ । बजेटमार्फत न्यूनतम दुई करोड रुपैयाँसम्म प्रारम्भिक लगानी गर्ने कृषकलाई ४० प्रतिशत प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने घोषणा गरिएको छ ।

उत्पादन सुरु भएको मितिबाट लगातार चार वर्षसम्म १०/१० प्रतिशतका दरले शोधभर्ना गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ । साथै कृषि अनुदानको दुरुपयोग रोक्न कडाइ गरिने सरकारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  2. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  3. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  4. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  5. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  6. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  7. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  8. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  9. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  10. १० विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  11. ११ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  12. १२ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  13. १३ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  14. १४ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  15. १५ ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने