होमपेज > राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने, राष्ट्रिय जीवन बिमाको आईपीओ जारी हुने

राष्ट्रिय वाणिज्य बैंकको पुँजी वृद्धि गरिने, राष्ट्रिय जीवन बिमाको आईपीओ जारी हुने

बिज्ञापन

सरकारले सार्वजनिक संस्थानहरूको वित्तीय सुदृढीकरण र व्यवस्थापन सुधारका लागि विभिन्न संरचनात्मक परिवर्तन गर्ने भएको छ। आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।

बजेटअनुसार राष्ट्रिय वाणिज्य बैंकको पूँजी वृद्धि गरिनेछ भने नेपाल वायुसेवा निगमलाई कम्पनी संरचनामा रूपान्तरण गरी व्यवस्थापन सुधार गर्ने योजना अघि सारिएको छ ।

त्यसैगरी राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीका सेयर सर्वसाधारणमा निष्कासन गर्ने घोषणा गरिएको छ।यस्तै एचआइडीसीएललाई उद्देश्यअनुसार मिल्ने वित्तीय संरचनासहित पूर्वाधार क्षेत्रमा विशिष्टीकृत लगानी गर्ने व्यवस्था गरिनेछ।

सरकारले सार्वजनिक संस्थानहरूलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउन केहीमा पूँजी वृद्धि गर्ने तथा केहीमा सरकारी सेयर विक्री (डिसइनभेस्टमेन्ट) गर्ने नीति लिएको छ। यसलाई सार्वजनिक संस्थान सुधारको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार