होमपेज > पोखराका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै

पोखराका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै

बिज्ञापन

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र पोखरा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं विरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दाको मङ्गलवार पेसी तोकिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो ।

महानगरले २०८१ मङ्सिर २८ गते करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । महानगरपालिकाले नगरसभाबाटै निर्णय गरेर माघ १ गतेदेखि अनिता गिरीसहित ५९ जना करार कर्मचारीको माघदेखि नियुक्ति नवीकरण नगर्ने जनाएको थियो । उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै अदालत गुहारेका थिए । सर्वोच्चले करारका कर्मचारी हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर त्यसको कार्यान्वयन महानगरले नगरेपछि सर्वोच्चमा गएको फागुन १३ गते अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो ।

सुनुवाइका लागि आइतबार पेसी तोकिएकोमा सो दिन बेन्च नै बसेन । सोमबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार