होमपेज > प्रधानमन्त्री बालेनमाथि हर्कको प्रश्नै–प्रश्न!

प्रधानमन्त्री बालेनमाथि हर्कको प्रश्नै–प्रश्न!

बिज्ञापन

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेका छन् । आज सार्वजनिक गरिएको उक्त खुला पत्रमार्फत राईले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका हुन् ।

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताको जिज्ञासामा प्रत्यक्ष प्रतिक्रिया दिन आग्रह गरेका हुन् । खुला पत्रमा राईले भारत–चीन सहकार्यमा मानसरोवर जाने सडक नेपाल हुँदै खुलाउने विषयमा सरकार किन मौन रहेको भन्ने प्रश्न उठाएका छन् । साथै, सीमा सुरक्षाका लागि नेपाली सेनालाई किन प्रभावकारी रूपमा परिचालन नगरिएको भन्दै उनले सरकारको भूमिका स्पष्ट पार्न माग गरेका छन् ।

त्यस्तै, सुकुमबासी व्यवस्थापनमा देखिएको ढिलासुस्तीप्रति पनि उनले आपत्ति जनाएका छन् । समस्याको दीर्घकालीन समाधान गर्न नसकिएको खण्डमा नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिनुपर्ने तर्क समेत उनले प्रस्तुत गरेका छन् । राईले आफ्नो खुला पत्रमार्फत सरकारलाई उत्तरदायी र पारदर्शी बन्न आग्रह गर्दै जनताको विश्वास कायम राख्न ठोस कदम चाल्नुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  2. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  3. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  4. साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  5. विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  6. नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  7. नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  8. नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  9. नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य
  10. १० ७५३ वटै स्थानीय तहको बाँझो जग्गा अब ‘भूमि बैंक’मार्फत उत्पादनमा लगाइने
  11. ११ प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै
  12. १२ विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब, ऊर्जा व्यापारमा १८ अर्ब ७६ करोडको खुद बचत
  13. १३ नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक, एक वर्षमै ३ खर्बभन्दा बढीले बढ्यो
  14. १४ हदबन्दीभन्दा बढी जग्गा राख्ने कम्पनी र संस्थाको स्थलगत अनुगमन गर्न निर्देशन
  15. १५ देशभर जग्गाको सरकारी मूल्यांकन १० प्रतिशतसम्म बढ्यो, काठमाडौंमा प्रतिआना ७६ लाख ६० हजारसम्म