होमपेज > प्रहरीले नष्ट गर्‍यो लाखौंको पटका

प्रहरीले नष्ट गर्‍यो लाखौंको पटका

बिज्ञापन

चन्द्रागिरिमा प्रहरीले लाखौ रूपैयाँ बराबरको पटका नष्ट गरेको छ। प्रहरी प्रभाग नागढुंगाले चेक गर्ने क्रममा तराईका विभिन्न जिल्लाहरूबाट ल्याउँदै गरेका पटका बरामद गरेर नष्ट गरेको हो।

माल्टा, गमला, रकेट, चक्र, बम बारूद, आतिसवाजी लगायत पटकाहरू प्रहरीले बरामद गरेको नागढुंगा प्रहरीले जनाएको छ। प्रहरीले बरामद गरिएको पटका स्थानीय जनप्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीय समाजसेवीको रोहबरमा स्थानीय जङ्गलमा खाडल खनेर नष्ट गरेको छ।

प्रहरी उपत्यकामै भारी मात्रामा पटका र विस्फोटनजन्य वस्तु नियन्त्रण गरी नष्ट गरेको जनाएको छ। पटका पड्काउँदा बालबालिकाको अंगभंग वा मृत्युमासमेत खतरा  हुनसक्ने भन्दै पटका नष्ट गरेको प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाले जानकारी दिए।

‘पटकाहरू पट्काउँदा आगलागी हुनसक्ने र मानवीय क्षति हुने भन्दै कम प्रयोग गर्न अभिभावकहरूलाई आग्रह गरेका छौं,प्रहरी निरीक्षक थपलियाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  2. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  3. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  4. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  5. सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  6. अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  7. एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  8. अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  9. ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  10. १० साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार
  11. ११ विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त
  12. १२ नेप्से १४ अंकले बढ्यो, कारोबार ४ अर्ब ६९ करोड नाघ्यो
  13. १३ नबिल बैंकलाई युरोमनीका तीन प्रतिष्ठित अवार्ड
  14. १४ नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ
  15. १५ नेपाली बजारमा MAXUS eTERRON 9 Comfort सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष मूल्य