होमपेज > भेनेजुएलाका राजनीतिक बन्दीहरु रिहा

भेनेजुएलाका राजनीतिक बन्दीहरु रिहा

बिज्ञापन

भेनेजुएलाका अधिकारीहरूले १०० भन्दा बढी राजनीतिक बन्दीलाई रिहा गरेको छ । काराकासस्थित मानवअधिकार समूह फोरो पेनालका अनुसार आइतबार मात्रै कम्तीमा १०४ जनालाई जेलमुक्त गरिएको हो ।

रिहा हुनेमा आफ्नै एक वकिल केनेडी टेजेडा र सञ्चारशास्त्रका विद्यार्थी हुआन फ्रान्सिस्को अल्भाराडो पनि रहेको फोरो पेनालले जनाएको छ । मानवअधिकार रक्षाकर्मीसमेत रहेका टेजेडा सन् २०२४ को अगस्ट २ मा काराबोबो राज्यको एक हिरासत केन्द्रमा राजनीतिक बन्दीहरूलाई कानुनी सहयोग गर्न पुगेपछि बेपत्ता भएका हुन्।

उनी टोकोरोन जेल थुनामा रहेको बताइएको थियो । ‘हाम्रो प्रिय सहकर्मी केनेडी टेजेडा अब परिवारसँग घर फर्किनुभएको छ,’ फोरो पेनालका कार्यकारी निर्देशक आल्फ्रेडो रोमेरोले सामाजिक सञ्जालमा टेजेडाको रिहाइ पुष्टि गर्दै लेखेका छन् । अन्य बन्दीहरूको रिहाइ अझै प्रमाणीकरणको प्रक्रियामा रहेको र सरकारले औपचारिक सूची सार्वजनिक गरे अझ राम्रो हुने उनको भनाइ छ ।

हाल सार्वजनिक भएको सङ्ख्या अन्तिम नभएको र आगामी दिनमा थप बन्दीहरू रिहा हुन सक्ने बताइएको छ । यसैबिच, भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले हालै सञ्चारमाध्यमसँगको पहिलो सम्बोधनमा निकोलस मादुरोको शासनकालमा थुनामा परेका कैदीहरू रिहा गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

सयौँ बन्दीको रिहाइलाई उनले नयाँ राजनीतिक चरणको सुरुवात भन्दै राजनीतिक तथा वैचारिक विविधतालाई स्थान दिने दाबी समेत गरेकी थिइन् । भेनेजुएला सरकारले पछिल्ला हप्ताहरूमा ६०० भन्दा बढी बन्दी रिहा गरिएको घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  2. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  3. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  4. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  5. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  6. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  7. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  8. पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  9. एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  10. १० सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  11. ११ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  12. १२ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  13. १३ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने
  14. १४ ‘राजनीतिक दबाब र सोर्सफोर्स स्वीकार्य छैन, करदातालाई खुसी पारेर राजस्व उठाउनुहोस्’
  15. १५ साउदीबाट टिक्मो मार्फत आइएमई गरेर पैसा पठाउँदा अभिषेकले पाए वीवाइडी अटो १ ईभी कार