होमपेज > युद्धविराम घर फर्किन थाले लेबनानका विस्थापित नागरिक

युद्धविराम घर फर्किन थाले लेबनानका विस्थापित नागरिक

बिज्ञापन

युद्धविराम लागू भएसँगै लेबनानमा विस्थापित नागरिकहरू घर फर्किन थालेका छन् । सिडोन शहरमा शुक्रबार बिहानदेखि मानिसहरू आफ्नो बासस्थानतर्फ फर्किएको जनाइएको छ ।

यस द्वन्द्वका कारण विशेषगरी दक्षिणी लेबनानबाट १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका थिए । युद्धविरामपछि सडकहरूमा सवारीसाधनको लामो लाइन देखिएको छ भने सर्वसाधारणले झण्डा फहराउँदै अस्थायी राहतको स्वागत गरेका छन् । कतिपय मानिसहरू पूर्व हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको तस्वीर बोकेर देखिएका छन् । उनलाई सन् २०२४ सेप्टेम्बरमा भएको आक्रमणमा मारिएको थियो ।

 

यसैबीच युद्धविरामपछि इजरायलमा भने मिश्रित प्रतिक्रिया देखिएको छ । धेरै नागरिक यस निर्णयप्रति असन्तुष्ट रहेको जनाइएको छ । एक सर्वेक्षणअनुसार अहिले चुनाव भए प्रधानमन्त्री बेन्यामिन नेतन्याहुको दललाई घाटा हुन सक्ने देखिएको छ, जसले युद्धविरामप्रति असन्तुष्टि बढेको संकेत गर्दछ । उक्त सर्वेक्षणले ५६ प्रतिशत नागरिक दक्षिणी लेबनानमा सेना कायम रहोस् भन्ने पक्षमा रहेको देखाएको छ । उत्तरी सीमावर्ती क्षेत्रमा बसोबास गर्नेहरूमा भने आक्रोश बढ्दो छ । उनीहरूले यस द्वन्द्वको मूल्य आफ्नै ज्यानले चुकाउनु परेको गुनासो गरेका छन् ।

एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै युद्धविराम अमेरिकाको दबाबमा भएको दाबी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ जनाको आवेदन स्वीकृत
  2. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  3. ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
  4. ठमेल र दरबारमार्गमा विशेष प्रहरी अपरेसन: ५७ विदेशी महिला पक्राउ, ४७ जना देश निकाला
  5. बजेटका आर्थिक सुधारका कानुनी र नीतिगत जटिलता ‘मिसन मोड’मा फुकाऔँ : अर्थमन्त्री वाग्ले
  6. नेप्से ७.९० अंकले बढ्यो, कतिको भयो कारोबार?
  7. स्वास्थ्य बीमा बोर्डले पुससम्मका सबै स्वीकृत दाबीको भुक्तानी गर्‍यो
  8. रास्वपा सांसद गणेश पौडेलमाथि कालोमसी, ‘मधेश मुक्ति अभियान’का व्यक्ति भएको दाबी
  9. मनसुन लक्षित सिजी मेरिडियाको नयाँ वाशर ड्रायर सार्वजनिक
  10. १० पार्क निर्माणमा ३९ करोड ३९ लाख भ्रष्टाचार, पूर्वअर्थमन्त्री साहसहित सात जनाविरुद्ध मुद्दा दायर
  11. ११ एक रुपैयाँ निर्यात गर्दा ६ रुपैयाँ ६५ पैसाको आयात, नेपाल कहिले बन्छ निर्यातमुखी ?
  12. १२ सिद्धार्थ बैंकका ग्राहकलाई वर पिपल रिसोर्टमा १५ प्रतिशतसम्म छुट
  13. १३ अनलाइन बेटिङविरुद्ध प्राधिकरणको कडा कारबाही, २ लाख २३ हजारभन्दा बढी वेबसाइट र एप बन्द
  14. १४ एक वर्षमा २० खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ३ खर्ब नाघ्यो
  15. १५ अब नेपालमा २०० र ५०० दरका भारतीय नोट सटही गर्न पाइने