“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नारासहित रोल्पा नगरपालिका अन्तर विद्यालय छैटौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आगामी मंसिर २१ गतेदेखि सुरु हुने भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह मंसिर २१ गते माडीचौर रङ्गशाला, रोल्पामा हुने छ। व्यवस्थापनको जिम्मेवारी श्री नेपाल माध्यमिक विद्यालय, रोल्पा नगरपालिका–६ कोटगाउँले लिएको छ।
आयोजक रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, लिबाङका अनुसार प्रतियोगितामा सहभागी हुने प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि, खेलाडी, अभिभावक तथा शुभचिन्तकहरूलाई स्वागत गर्न आवश्यक तयारी पूरा गरिएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २१ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने कार्यक्रम तालिका सार्वजनिक गरिएको छ।

